00:00:00
राष्ट्रिय

लुम्बिनीका सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार

शनिबार असोज १६, २०७८/ Saturday 10-02-21

२०७८ असोज १६ 

        लुम्बिनी प्रदेश सभाका सभामुख एवं जनवादी गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । जनवादी गीतसंगीतको माध्यमबाट नेपाली समाजको साँस्कृतिक एवं राजनीतिक रुपान्तरणमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सभामुख एवं जनसंगीतकार घर्तीलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिनुभयो।

दाङमा आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड २०७८ संगै आगामी मंसीर ११ गते ताम्रपत्रसहित २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने अध्यक्ष पीडितले जानकारी गराउनुभयो । २०४६ सालदेखि शिक्षण पेशाबाट अवकाश लिई राजनीतिमा पूर्णकालीन भएका सभामुख घर्तीले जनयुद्ध भावधाराका सयौं गीत तथा कविता रचना गरेका छन् भने दर्जनौं गीतहरुमा संगीत संयोजन गरेका छन् । 

 विभिन्न साँस्कृतिक समूहको नेतृत्व गर्दै सामना साँस्कृतिक परिवारको केद्रीय संयोजकसमेत बनेका सभामुख एवं जनसंगीतकार घर्तीले साँस्कृतिक सिपाहीका रुपमा जनक्रान्तिमा उच्च योगदान पुर्याएका छन् ।

२०६५ मंसिर २३ देखि २०६६ असारसम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष बन्नुभएका घर्ती २०७४ मंसिर २२ गतेको प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारको रुपमा रुकुम पूर्व क्षेत्र नं. १९२० बाट प्रदेश नं. ५ (हाल लुम्बिनी) प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो त्यसै गरी २०७४ फागुन २ गते घर्ती ५ नंं. प्रदेश सभाको सभामुखमा निर्वाचित हुनुभएको थियो।

तपाईको प्रतिक्रिया