उपमेयर चढ्ने स्कार्पियोले मोटरसाइकललाई ठक्कर दियो, २ जना घाइते
बुटवल २०७८ असोज १५
रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । सैनामैनाबाट बुटवल तर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकलाई लु १ झ ३९३ नम्बरको स्कार्पियोले शुक्रबार बिहान कार्यालय जाने क्रममा सैनामैना नगपालिका–५ बुद्ध नगरमा ठक्कर दिएको थियो । उपमेयर चढ्ने गाडी कार्यालय जाने क्रममा मोटरसाइकललाई ठक्कर दिएको हो । उक्त गाडी उपमेयर चढ्ने भएपनि उपमेयर मगर भने सवार रहेकी थिईनन् ।
दुर्घटनाबाट मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ का ७० वर्षीय बालकृष्ण गौतम र गौतमकी ६० वर्षीया श्रीमती लक्ष्मी गौतम घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख योगेन्द्रसिंह थापाले बताउनुभएको हो । गौतम दम्पतिको मुर्गियाको पुनम क्लिनिकमा उपचार भइरहेको थापाले बताउनुभएको छ । घाइते दुबैको अवस्था सामान्य रहेको छ ।
तपाईको प्रतिक्रिया