00:00:00
स्थानिय

बुटवलका खाद्यान्न तथा किराना पसलमा अनुगमन

बिहीबार असोज १४, २०७८/ Thursday 09-30-21

रुपन्देही- बुटवल 
२०७८ असोज १४ 

         बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको छ ।

      मिठाइ, दूध, दुग्धजन्य उत्पादन,खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफथ गरी नष्ट गर्ने,जरिवाना तिराइएको छ भने अटेर गर्नेलाई बन्द गर्ने चेतावनी दिइएको छ । 

बुटवल उपमहानगरपालिका–४, हाटबजार लाइनमा रहेका कान्दु किराना पसल, न्यू कृष्ण किराना स्टोर्स, न्यू भण्डारी खाध्य स्टार्स, गोपीकृष्ण किराना पसल बुटवल–९, कालिकापथमा रहेका न्यू भण्डारी किराना पसल, सान्जी मार्ट, ठुल्दाई ट्रेड सप्लार्य÷ठुल्दाई खाद्यान्न भण्डार, बुटवल–९ मै रहेका हरियो तरकारी प्रालि, पतञ्जली आयुर्वेद प्रा.ली, गुल्मेली ज्ञवाली किराना पसल, प्रकाश किराना स्टोर्स, एशिया एटुजेट सामाग्री केन्द्र, पवन चाट सेन्टरमा अगुगमन गरिएको बुटवल उपमहानगरपालिकाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिनुभयो। 

हरियो तरकारी प्रालिमा व्यवसाय दर्ता र नापतौलको कागजात नभएको पाइएको र त्यहाँ केही तरकारी र तरकारी जन्य सामग्री गुणस्तरीय नपाइएको भन्दै नष्ट गरिएको थियो । उक्त पसललाई वडा कार्यालयमा व्यवसाय दर्ता गराई ३ दिन भित्र नापतौल का.मा उपस्थित हुन तारेख दिइएको अनुगमन समितिले जनाएको छ । 

यस्तै अर्घाखाँची कोण्ड ड्रिक तथा मदिरा स्टोर्स जहाँ म्याद नाघेको वियर ६ बोतल, क्यान वियर ५ थान, रियल गोल्ड ३ थान जफथ गरि नष्ट गराइएको थियो ।  चौतारी विजनेस ग्रुपको चौतारी बिजनेश ग्रुपमा म्याद नोको खान अयोग्य लागि क्रेकर रु.२० पर्ने ४६ पोका नष्ट गरिएको थियो ।  डि.पि.सी. स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ३९ बमोजिम जरिवाना गरिएको थियो । 

अनुगमन गरिएको कतिपय पसलमा नाम नभएका, अखाद्य रंग मिसिएका र म्याद नाघेका खाद्य सामन पसलमा देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक प्रमिला गुरुङले बताउनुभयो । कसुर र अवस्थाका आधारमा त्यस्ता पसललाई थप कारबाहीका लागि सम्बन्धित कार्यालयमा उपस्थित हुन पत्र दिइएको गुरुङको भनाइ छ । 

यस्तै बुटवल–९, कालिकापथमा रहेको न्यू पुरक फेन्सीले उपभोक्ता हीत विपरितको कसुर गरेको भन्दै पाँच हजार रुपैयाँ जरिवाना गराइएको थियो । उक्त पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (३) बमोजिमको कसुर गरेको भन्दै जरिवाना गरिएको अनुगमन टोलीमा रहेका बाणिज्य कार्यालयका प्रमुख टेकराज भट्टराईले जानकारी दिनुभयो । सामान विक्री वितरण नगर्न सचेत गराउनुका साथै सामान जफथ गरेर नष्ट गरिएको थियो । कतिपय पसलमा सामान नष्ट र जरिमाना समेत तिराइएको थियो । 

बुटवलको सुख्खानगरमा रहेको पैचो पसल प्रालीमा पनि अनुगमन गरिएको छ । त्यहाँ प्याक गरिएका केही सामानमा लेबल नदेखिएकाले व्यवसाय दर्ता कागजात लिई उपमहानगरमा उपस्थित हुन निर्देशन दिईएको अनुगन समितिले जनाएको छ । त्यस्तै बुटवल–८ मै रहेको सुरभि मिष्ठान भण्डार सुरभि लज एण्ड रेष्टुरेष्टमा पनि अनुगमन गरिएको थियो । त्यहाँ दर्ता प्रमाणपत्र नवीकरण नभएको र तीन दिन भित्र नवीकरण गर्न निर्देशन दिइएको छ । 

तपाईको प्रतिक्रिया