00:00:00
स्थानिय

 पहिराे अवलाेकनका लागि गएका बुटवलका मेयर शिबराज सुबेदीमाथि हातपात

सोमबार असोज ४, २०७८/ Monday 09-20-21

बुटवल २०७८ असोज ४ 

        बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि कुटपिट भएको छ । केहिदिन अघि बुटवल-३ ज्याेतिनगरमा खसेकाे पहिरो अवलोकनका क्रममा स्थानीय एक युवाले सुवेदीलाई मुक्का प्रहार गरेका हुन् ।

सोमबार विहान पहिरो अवलाेकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीकाे टाेली पुगेकाे थियाे ।साे स्थानमा केहि दिन अघि खसेको पहिरोका कारण घरहरूमा क्षति पुगेको थियो । सुवेदीको सुरक्षामा खटिएको नगर प्रहरीको टोलीले आक्रमण गर्ने युवालाई रोकेका थिए ।

भदौ १३ गतेअघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

तपाईको प्रतिक्रिया