00:00:00
राष्ट्रिय

गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइँदै

शनिबार असोज २, २०७८/ Saturday 09-18-21

काठमाण्डाै २०७८ असोज २ 

            २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेता सिंहको जन्म १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा भएको थियो भने २०५४ साल असोज २ गते निधन भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।

 वीपी कोइरालासँग मिलेर सिंहले २००३ सालमा नेपाली कांग्रेस स्थापना गर्नुभएको थियो । साथै २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा गणेशमानले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभएको थियो ।२०१७ सालमा शाही शासन सुरु भएपछि आठ वर्ष निरन्तर कारावासको सजाय भोगेकाले सिंहलाई लौहपुरुष पनि भनिन्छ । गणेशमानले २०४६ सालको राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । 

तपाईको प्रतिक्रिया