00:00:00
खेलकुद

इकबालले भैरहवा ग्लाडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने

शनिबार भदौ २६, २०७८/ Saturday 09-11-21

भैरहवा- २०७८ भदौ २६ 

        बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट खेल्ने भएका छन् । बंगलादेशका सफल ब्याट्स्म्यान इकवाललाई अनुबन्ध गरिएको भैहरवा ग्लाडियटर्सले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

 यसअघि पनि भैरहवाले श्रीलंकाका बलर धम्मिका प्रसाद र ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरेको थियो । भैरहवाका लागि तमिम इकवाल भने   तेस्रो विदेशी खेलाडी बन्नुभएको हो । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुँदैछ । ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने प्रतियोगितामा यसपटक क्रिस गेल, शाहिद अफ्रिदी, कार्लोस ब्रेथवेट लगायतका विश्वका चर्चित खेलाडी खेल्दैछन् ।

तपाईको प्रतिक्रिया