00:00:00
स्थानिय

गृहमन्त्रीको सहयोगमा ४१ जनाको नाम प्रहरीमा निकालेको भन्दै स्टाटस लेख्ने पक्राउ

शनिबार भदौ २६, २०७८/ Saturday 09-11-21

काठमाण्डाै २०७८ भदौ २६ 

        गृहमन्त्री र जिल्ला उपसभापतिको सहयोगमा प्यूठानका ११ जनाले प्रहरीमा नाम निकाल्न सफल भएको हल्ला फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री बालकृष्ण खाँड र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्रि लम्सालको सहयोगमा प्यूठानबाट ११ जनासहित देशभरका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्कन सफल भएको भन्दै प्यूठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङले धन्यवाद दिएका थिए । गुरुङको स्टाटसपछि गृहमन्त्री खाँड र जिल्ला उपसभापति लम्सालको चौतर्फी विरोध पनि भएको थियो ।

 नेपाल प्रहरीले गुरुङलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरिएको जनाएको छ । नेपाली कांग्रेस प्यूठानले पनि विज्ञप्ति निकालेर लोकसेवाले लिने परीक्षामा गृहमन्त्री र कांग्रेसका जिल्ला उपसभापतिको नाम मुछेको भन्दै गम्भीर आपत्ति जनाएको थियो । उपसभापति बद्रि लम्सालले कांग्रेसको महाधिवेशन आउँदै गर्दा आफूलाई बदनाम बनाउने उद्देश्यले गुरुङले हल्ला फैलाएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया