00:00:00
स्वास्थ्य

कलाकार सिद्धार्थ शुक्लाको निधन

बिहीबार भदौ १७, २०७८/ Thursday 09-02-21

२०७८ भदौ १७ 

             भारतीय कलाकार तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ । उनको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख गरिएको छ । 

टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । सिद्धार्थले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।शुक्लाले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले मन पराएका थिए ।

उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । सिद्धार्थले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए। सिद्धार्थले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए । 

तपाईको प्रतिक्रिया