राष्ट्रिय
नेता थापा आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी
सोमबार भदौ १४, २०७८/ Monday 08-30-21
काठमाण्डाै २०७८ भदौ १४
नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।नेता थापाले काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ४ मा भएको एक कार्यक्रममा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै तयारीमा लागिसकेको समेत जानकारी दिनुभयो ।
नेता थापाले आफूले अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेको स्मरण गर्दै गौरवका साथ आउँदो महाधिवेशनमा पनि उम्मेदवारी दिने घोषणा गर्नुभयो । सकभर सर्वसम्मत उम्मेदवार हुने कोसिसमा रहेको र सर्वसम्मत हुन नसके प्रतिस्पर्धाका लागि पनि आफु तयार भएको बताउनुभयो ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिरको ९ गतेदेखि काठमाण्डौमा हुँदैछ । यसअघि १३ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका थापा डाक्टर शशाङ्क कोइरालासँग पराजित हुनुभएको थियो ।
तपाईको प्रतिक्रिया