00:00:00
भिडियो

कोरोनाको जोखिम मोल्दै, कला संस्कृती जोगाउदै पाल्पा

सोमबार भदौ ७, २०७८/ Monday 08-23-21

कृष्ण पोखरेल,पाल्पा
२०७८ भदौ ७ 
        

       कोरोना सक्रमणको कारण दुई बर्ष देखी तानसेनमा जात्रा संस्कृती हराउदै जानथालेपछी युवा केही पक्षले भने जोखिम मोलेरै भएपनि कला संस्कृती जोगाउन लागिपरेका छन । कोभिड १९ को कारण जात्रा संचालन गर्दा भयावह स्थिती आउन सक्ने भन्दै जात्रा संचालनमा औपचारिक रुपमा रोक लगाएपनि तानसेनका युवाहरुले भने परम्परागत कला संस्कृती जोगाउन सडकमा निस्किएका हुन ।  विगतका बर्षहरुा जस्तो जात्रा हेर्न मानिसको भिडभाड नभएपनि केही मानिसहरुले गाईलाई दुधदही फलफुल खुवाउन पाल्पा दरवार परिसर, शितलपाटी क्षेक्रमा जुटेका थिए । केही व्यत्तिले जोखिम कायम हुदा हुदैपनि परम्परा संस्कृती जगेर्ना गर्ने उद्देश्यले तानसेनमा गाईजात्रा निकालेका हुन । 

     निगुर्ण रामायण गाउदै आफन्त ईष्टमित्र सहित दिवंगत घर बाट गाईजात्रा निकाल्ने परम्परालाई परिवर्तन गर्दै घरपरिवारको सहभागितामा मात्र तानसेनमा केही परिवारले गाईजात्रा निकालेका हुन ।  कोरोनाको कारण परम्परा कला संस्कृती  हराउदै नजोओस भनी जोखिम मोलेरै आफ्ना पितृहरुको संम्झनामा गाईजात्रा निकालिएको तानसेनका युवा कृष्ण के.सी.ले बताउनुभयो । 

              विगतका बर्षहरुमा गाईजात्राको दिन भिडभाड हुने तानसेन यस बर्ष चहलपहल देखिएन । यस बर्ष मृत्यु भएका अधिकाश परिवारले घर घरमै गाईजात्रा मनाएका छन भने केही पक्षले सडकमै गाईजात्रा देखाएका हुन । पाल्पामा नेवारी समुदायको सिको गरी अन्य जातजातीहरुले गाईजात्रा निकाल्ने प्रचलन बढ्दै गएको थियो । अन्य समुदायबाट पनि केही व्यक्तिले मात्र जात्रा निकालेका छन  । तानसेनमा नेवारी समुदाय संगै अन्य जाता.जातीहरुले समेत मृतक घरपरिवार बाट गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । नेवारी समुदाय बाट सिको गर्दै आफुले पनि जोखिम मोलेर घरपरिवारको संझनामा गाईजात्रामा सहभागी शंकर परियारले जानकारी दिनुभयो ।  

                    राजा प्रताप मल्लले आफ्नी रानीको शोक लाई भुलाउन, शहर बजारमा अरु पनि मानिस मरेका छन, तिनको लेखाजोखा राख्न मृतकको घरपरिवार बाट गाईजात्रा निकाल्ने शुरुवात गरेको भनाई रहेको छ । कोरोना सक्रमणको कारण परम्परागत कला संस्कृतीनै लोप हुने होकी भन्ने चिन्ता थपिएको पाल्पाका संस्कृतीकर्मी राजेन्द्रगोपाल सिंहले भन्नुभयो । दुरी कायम गरेर, माक्स लगाएर घरपरिवारमा मात्र सिमित रहेर भएपनि यस्ता जात्रा संस्कृतीहरु लाई निरन्तता दिनुपर्ने संस्कृतीकर्मी सिंहले बताउनुभयो । विगतका बर्षहरुमा पाल्पामा गाठे मंगल देखी एक महिना सम्म दिनहु जाक्रा संचालन हुदै आएकोमा दुई बर्षयता कोरोना सत्रमणको कारणमा जात्रा निस्किएका छैनन । पाल्पाका अन्य जात्राहरु पनि औपचारीकताको लागी मात्र मनाईने जात्रा संचालक समितीहरुले जनाएका छन । 
 

तपाईको प्रतिक्रिया