काठमाण्डौ २०७८ भदौ ६
पछिल्लो २४ घण्टामा २ हजार २४८ संक्रमणमुक्त भएका छन् भने १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ रहेको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार पाँच सय नौ पुगेको छ । अहिले नेपालमा ३८ हजार सात सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया