नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीले बुझायो ध्यानाकर्षष पत्र।
तिलोत्तमा-रुपन्देही
२०७८ भदौ ३
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीले पटक पटक विद्युत प्रसारण अवरुद्ध हुने तथा कम भोल्टेजका कारण उद्योग सञ्चालनमा समस्या भएको भन्दै समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरण नयामिल वितरण केन्द्रलाई ध्यानाकर्षष पत्र बुझाएको छ ।
‘विद्युत प्रसारण कार्यलाई नियमित गर्ने, कम भोल्टेजको समस्यालाई हटाउने र अतिरिक्त सेवा शुल्क र डिमाण्ड चार्ज समेत समावेश नगरी लकडाउन अवधिको महशुल छुट गर्ने कार्यमा सहयोग गरि समस्यालाई यथाशिघ्र हटाउन पहल गरी आवश्यक व्यवस्थापनका लागि हामी सबै उद्योगी, व्यवसायीहरुको तर्फबाट विशेष ध्यानाकर्षण गराउन चाहन्छौं’– ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
संघका निवर्तमान अध्यक्ष कन्हैयालाल कसौधन, महासचिव देवानन्द पाण्डे, जिल्ला कार्यसमिति सदस्य चन्द्रकान्त खनाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ तिलोत्तमाका अध्यक्ष इश्वरी कार्की र कार्यकारी अधिकृत मनोज भट्टराईको टोलीद्वारा नयामिल वितरण केन्द्रलाई ध्यानाकर्षष पत्र बुझाएको हो ।
तपाईको प्रतिक्रिया