रुपन्देही-तिलोत्तमा
२०७७ कार्तिक ११
अन्तिम भाग .....
आमाले मामासँग सल्लाह गरेर मलाइ ४ नं लैजाने निधो भएछ मलाइ नजिकैको अंकल बिष्णु प्रसाद भण्डारी र आमालाइ मामाले लैजानुभयो । मलाइ ति न पा ८ ४ न जनसेवा मेडिकल हलमा लैजानुभयो त्यहा पनि मेरो रगत दिशा पिसाब जाच गरियो । मेरो अबस्था देखेपछि अर्को दिन बिहान ८ बजे बालरोग बिशेषज्ञलाइ देखाउने कुरा गरियो र हामी रिपोर्ट बोकेर घर फ्रक्यौ । अर्केा दिन बिहान उसैगरि नै हामी मेडिकल पुग्यौ हामी पुग्दा डाक्टर आइपुग्नु भाको थियो अघिल्लो दिन मै नाम लेखाइएको भएर होला हामी जाने बित्तिकै पालो आयो । डाक्टरले मेरो रिपोर्ट हेरेर मलाइ तत्काल भर्ना गनुपर्ने कुरा बताउनुभयो मलाइ बुटवल हस्पिटल प्रा ली मा लैजान सल्लाह दिनुभयो र मेरो केशलाइ आफुले नै हेर्ने कुरा पनि बताउनुभयो । हामी त्यहाबाट केही औषधी लिएर घर फ्रक्यौ ।
घरमा आएर यसै चैनले बस्ने अबस्था थिएन मेरी आमा मलाइ उपचार गर्न लैजाले पैसा खोज्न जानुभयो । पैसाको बन्दोबस्त मिलाएर मामासँग सल्लाह गरेर मलाइ बुटवल हस्पिटल प्रा ली मा लाने निधो गर्नुभएछ । पहिला त मलाइ सरकारी अस्पतालमा लैजाने कि निजी गाह्रा्े होला कि भन्ने कुरा नी आको थियो एकपटक लैजाउ डाक्टरले भनेकै ठाउमा पछि नसके निकालेर लैजाउला सरकारीमा भन्ने कुरा आएपछि मलाइ बुटवल हस्पिटल प्रा ली लगियो । मलाइ मामाले नै भर्ना गरेर सबै बन्दोबस्त मिलाएर मामा घर फर्कनुभयो । मलाइ त्यहा ४ दिन भर्ना गरियो ४ दिन सम्म मलाइ खान खान नदिइ औषधी अनि सुइबाट दिइयो । प्रत्यक दिन मामा बिहान अस्पताल जानुहुथ्यो एकछिन बसेर फर्कनुहुथ्यो । मलाइ त्यहा पनि रगतको अभाब भएको बताइयो यसपटक भने रगत पाउन गाह्रो भएन मामाले नै खोजेर ल्याइदिनुभयो मलाइ १ पोका रगत चढाएपछि पुग्यो र मेरो त्यहा उपचार त भयो म ठिक पनि भएकी थिए तर त्यहा पनि रोग पत्ता लागेन । त्यहाबाट हामीलाइ कान्ती बाल अस्पतालमा पठाइयो र १ २ दिनमै काठमाडौँ जाने सल्लाह गरेर हामी घर फ्रक्यौ ।
घर आएको पनि २ ३ दिन भइसकेको थियो अस्पतालबाट चाडै लैजान भन्दै खबर आइरहेको थियो त्यतिबेला मेरो बुवा पनि घरमा नै हुनुहुथ्यो आमाले बुवालाइ पैसाको बन्दोबस्त मिलाउन भन्नुभाको थियो बुवाले पनि पैसा खोज्न हिडेको भन्दै यताउता गइरहनुभएको थियो अस्पतालबाट आएको तेस्रो दिन साझ जाने सल्लाह भाको थियो । तेस्रो दिनको दिउसो बुवासँग आमाले साझ छोरीलाइ लाने हो जाने बन्दोबस्त गर्नुहोस भन्नुभयो तर बुवाले आफुलाइ साहुले कामका लागि बोलाएको भन्दै आफु नै हिड्नुभयो । आमाले यताउता क्रृण खोजेर साझ नै लैजाने ब्यबस्था मिलाउनुभयो । हामीलाइ बुटवल गएर मामाले बस चढाइदिनुभयो म र आमा रात्री बसमा चढेर काठमाडौँका लागि यात्रा सुरु गर्यौ ।
हामी बिहान ५ बजे काठमाडौँ बसपार्कमा झर्यौ । हामीलाइ त्यहा कोही लिन आउने कुरा गरिएको थियो हामी त्यही बसपार्कका २ घण्टा कुर्यौ तर आउनुभएन फोन गर्दा कहिले कहा कहिले कहा आउन भनेर यता उता गराउनुभयो अन्तत हामीले उहाको आस नगरी अस्पताल जानका लागि ट्याक्सी खोज्यौ हामी पहिलोचोटी काठमाडौ गएका थियौ केही थाहा थिएन कता जाने हो के गर्ने हो थाहा केही थिएन तर पनि हामी एउटा ट्याक्सीमा चढ्यो हाम्रो भाग्य भनौ या के भनौ त्यहा हामी जान हिडेको अस्पतालका डाक्टर तथा कर्मचारी हुनुहुदो रहेछ हामी उहाहरुसँगै अस्पताल गयौ ।
हामीलाइ कान्ती बाल अस्पतालमा पठाइएको भएपनि म उमेरले १५ बर्ष लागिसकेकोले मेरो त्यहा उपचार हुन सकेन त्यहाबाट टिचिङ अस्पतालमा पठाइयो हामी टिचिङ अस्पतालतर्फ नै लाग्यो । त्यहा लामो लाइन लागेर टिकट काटेर ओ पि डि सेवामा उपचारका लागि गयौ त्यहा मेरो सबै चेकजाचको रिपार्ट हेरियो अनि पुन रगत जाच गरियो र फेरी २ बजे उपचारका लागि बोलाइयो । २ बजे जाच गर्न जादा मलाइ भर्ना गर्ने कुरा भयो मेरी आमाले घरको अबस्था पनि बताउनुभयो र ३ बर्ष अगाडि पाल्पा मिसन अस्पताललबाट दिएको चिठी पनि दिनुभयो जसले गर्दा उपचारमा अलि सहज भयो । अस्पतालमा पनि मैले मेरा लागि अर्को भगवान भेटाए डाक्टर सन्तोष बदे्रचार्य । उहाले मलाइ अस्पतालमा आफुले भनेर हुने ठाउमा मिलाइदिनुभयो । मेरो त्यहा पनि सबै जाच भयो मेरो आखाको जाच पनि भयो । मेरो रोग पनि पत्ता लाग्यो र मेरो आखामा नङको दाग या केहीले घोचेर लागेको दाग भन्ने कुरा नी पत्ता लाग्यो् जुन अब कहिले पनि निको नहुने कुरा पनि थाहा भयो । डाक्टर सन्तोषले मेरो उपचारमा धेरै सहयोग गर्नुभयो । मेरो त्यहा ५ दिन सम्म भर्ना गरेर उपचार भयो ।मेरो पेटको नसा लिग भएर रगत पाचन प्रक्रियाबाट दिशाबाट गएको पत्ता लाग्यो पहिला शल्यक्रिया गर्ने कुरा गरिएपनि पछि औषधीबाट निको हुने कुरा भयो । मेरो नसा लिग भएको ठाउमा बाध्नुपर्ने भयो यसका लागि चाहिने सामान सबै तयारी खर्च सबै डाक्टर सन्तोषले गर्ने हुनुभयो र हामीलाइ पाचौ दिनको दिन२ दिनका लागि कोही आफ्न्तको घरमा जान भन्नुभयो र कान्छी फुप काठमाडौ नै भएकाले हामीले खबर गर्याै र हामीलाइ मेरी कान्छी फुपु लिन आउनुभयो १ दिन फुपुकोमा र एक दिन माइजुकोमा बसेर हामी तेस्रो दिन बिहान अस्पताल पुग्यौ हामीलाइ मामाले छोडेर जानुभयो । मेरो उपचारका लागि सामान आइपुगेको थियो सामान्य जाच गरेर मेरा्े उपचारका लागि कोठाभित्र लगियो ।
मलाइ मसिन मुखबाट पसाएर मेरो तिन ठाउमा नसा बाधियो र त्यो दिनका लागि भनेर पुन भर्ना गरियो मेरो उपचार गर्दै गर्दा त्यहा अरु डाक्टर तथा कर्मचारीले भन्दै हुनुन्थ्यो । डाक्टर सन्तोषलाइ भटेर उहालाइ धन्यवाद दिएर जानुहोला उहाले यिनको उपचारका लागि आफ्नो गोजीबाट पैसा खर्च गनभएको छ तर हामीले खोज्दा सोध्दा उहा कहि भेटिनुभएन हामी उहालाइ भेटेर नै धन्यवाद दिन नपाएपनि मनले धन्यबाद दिइरह्यौ । त्यो दिन त्यही बस्यौ र अर्को दिन २ बजे मेरो मष्कअजबचनभ भयो । मलाइ हरेक महिना जाच गराउने डाक्टर नन्दु पाठकलाइ र बेलाबेलामा काठमाडौ आएर पनि जाच गराउने भनेर हामीलाई बिदा दिइयो । हामी घर फ्रक्यौ । समय राम्रै चलिरहेको नै थियो म पनि निको हुदै गए सुरुमा त हामी निजी अस्पतालमा नै प्रत्यक महिना जाच गरायौे डाक्टरको सल्लाह र घरको आर्थिक अबस्थाले गर्दा पछि लुम्बिनी अञ्चल अस्पतालमा जाच गर्न थालियो । स्वास्थ्य अबस्था । राम्रै भएकाले स्वास्थ्यमा समस्या देखिए मात्र देखाउने सल्लाह भयो र सोही गर्न थालियो ।
पढाइ रामै्र थियो कक्षा ९ १० पनि पास गरे । घरको आर्थिक अबस्थाले गर्दा हामीलाइ खान लाउन पढ्न गाह्रो थियो ।जसोतसो कक्षा ११ मा भर्ना भए र ११ १२ पनि पास गरे ।मलाइ सानैदेखि रेडियोमा बोल्ने साह्रै रहर कसरी होला भन्ने सोच्थे । त्यसका लागि उद्घोषण तालिम लिन पर्ने रहेछ म पनि कहिल भैरहवा कहिले मणिग्राम, बुटवल धाएर केही कुरा सिके र तिलोत्तमा ५ रहेको रेडियोमा कार्यक्रmम चलाउन भनेर गए मलाइ केही थाहा थिएन म पहिलो पटक रेडियोमा गएकी थिए । म रेडियो जाने कार्यक्रम चलाउन सिक्ने गरे र मलाइ त्यहाबाट बाल कार्यक्रम चलाउने अनुमति दिइयो र बि स २०७३ साल फागुन महिनाको पहिलो शनिबार मेरो आवाज रेडियोमा बज्यो । मेरी आमाको अनुहारमा थारै भएपनि हासो ल्याउन सके । निरन्तरको मिहनत र सबैको माया र सद्भाबले गर्दा रेडियो लुम्बिनीमा नै बि स २०७६ बैशाख २१ गते आंिशक कर्मचारीको रुपमा काम गर्ने अबसर पाए हाल पनि रेडियो लुम्बिनीमा नै कार्यरत छु र पढाइलाइ पनि निरन्तरता दिएकी छु , स्वास्थ्यमा पनि त्यस्तो समस्या देखिएको छैन र बिभिन्न अपांगता सम्बधित कार्यक्रम तथा तालिममा भ्याएसम्म सहभागी हुने प्रयास गर्छु ।
जीबन जीउने क्रममा कहिले सुख कहिले दुख त भइहाल्छ तर पनि अबका दिनहरुमा म मेरी आमालाइ हिजोजस्तो दुख दिन नपरोस यत्ति चाहाना छ कि थोरै भएपनि आमाको ओठमा खुसी ल्याउन सकु मेरो कारणले मेरी आमाको चित्त दुखेर रुन नपरोस सुख नै दिन नसके पनि दुख दिन पनि नपरोस यत्ति मात्र मेरो चाहाना छ ।
लेखक: लक्ष्मी पाण्डे
राममणी बहुमुखी क्याम्पसमा रुपन्देही
बि बि एस तेस्रो बर्ष अध्ययनरत
तपाईको प्रतिक्रिया