00:00:00
स्थानिय

रसुवा बाढीपीडितका लागि नवप्रगति आमा तथा महिला समूहको सहयोग 

मंगलबार भदौ १६, २०८३/ Tuesday 09-01-26

तिलोत्तमा । भदौं १६ गते । भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रतिे दुःख व्यक्त गर्दै प्रभावितको राहत, उद्धार तथा पुनःनिर्माणका लागि नवप्रगति आमा तथा महिला समूह र स्थानीय बाबा समूहले गरि रु ४६ हजार ५ सय ६० रुपैयाँ सहयोग गरेका छन । विपद्को यो कठिन घडीमा अन्य कार्यक्रम गर्नुको साटो पीडितको राहतमा सहयोग गर्ने सेवाभावसहित ४६ हजार ५ सय ६० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नवप्रगति आमा तथा महिला समूहका अध्यक्ष मीना राकसले बताउनुभयो । समूहको आफ्नै कोष तथा स्थानीय बासिन्दाबाट संकलित नगद रकम एकमुष्ट रूपमा बैंकमार्फत कोषमा जम्मा गरिएको हो । सामाजिक तथा मानवीय कार्यमा सक्रिय यी समूहले यसअघि पनि विभिन्न सामाजिक गतिविधिमार्फत सहयोग संकलन र सेवा गर्दै आएको स्थानीय बाबा समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया