बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समुहको २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सवमा विविध कार्यक्रम
बिन्दु भट्टराई,{तिलोत्तमा ९ भाद्र ।
बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समुहले आफ्नो २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सव २०८३ विविध कार्यक्रम गरी मनाउन लागेको छ । वनले मंगलबार पत्रकार सम्मेलन मार्फत फरक फरक दिनमा ९ वटा कार्यक्रमको आयोजना गरिएको जनाएको हो ।
बुधबार वृक्षरोपण,१४ गते अन्र्तकृया कार्यक्रम,१६ गते आँखा शिविर,२० गते साईकिल दौड प्रतियोगिता,२३ गते वडाभित्रका ११ विद्यालयविच वक्तृत्वकला प्रतियोगिता,२४ गते आश्रममा भोजन कार्यक्रम,२५ गते तीजगित प्रतियोगिता र असोज १ गते भलिवल प्रतियोगिताको आयोजना गरिएको वनका सह सचिव एवं कार्यक्रमका संयोजक श्याम बस्यालले जानकारी गराउनुभयो ।
वनका अध्यक्ष तारा प्रसाद छन्त्यालको अध्यक्षतामा भएको सम्मेलनमा छन्त्यालले वाउन्नकोटी वनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यस्ता कार्यक्रम प्रचारप्रसारको माध्यम बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसै कुरालाई मध्यनजर गरेर प्रतियोगितामा विषयवस्तु नै वनसंग सम्वन्धीत रहने बताउनुभयो । छन्त्यालले यस वनभित्र रहेको नन्द भाउजु ताल,पिक्निक स्पट,बाल उद्यानलाई विशेष व्यवस्थापन गर्ने गरी वन समुह लागेकोमा समेत कार्यक्रममा जोड दिनुभएको थियो ।
वनका उपाध्यक्ष लक्ष्मण भट्टराईले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन सचिव दुर्गी कुमारी रानाले गर्नुभएको हो ।
तपाईको प्रतिक्रिया