00:00:00
शिक्षा

जनभावना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन

शनिबार असार २०, २०८३/ Saturday 07-04-26

तिलोत्तमा । असार २० गते । तिलोत्तमा नगरपालिका–८ स्थित श्री जनभावना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। शिक्षा अधिकृत धनीप्रसाद शर्माको संयोजकत्वमा सम्पन्न अभिभावक भेलाले चार सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको हो। समितिको महिला सदस्यमा धनकुमारी रेग्मी, दलित सदस्यमा सीता सुनार तथा अन्य सदस्यमा मोहनलाल खनाल र हनुमान कोहार चयन हुनुभएको छ।

यसैगरी, सोही दिन वडा नम्बर ८ का वडा अध्यक्ष तथा ज्येष्ठ सदस्य कृष्णप्रसाद पौडेलको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको पहिलो बैठकले मोहनलाल खनाललाई आगामी तीन वर्षका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ।

कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक शम्भु प्रसाद पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा शिक्षक प्रतिनिधि लक्ष्मी गौतमको समेत उपस्थिति रहेको थियो । नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन तथा समग्र विद्यालय विकासमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया