मलेसियामा सम्पन्न २५ औँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललाई ९ पदक
प्रकाश पाण्डे । असार १६ गते । मलेसियामा पुत्र जया कराँते फेडरेसनद्वारा असार १२, १३ र १४ गते आयोजित २५औँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले एक स्वर्ण, चार रजत र चार कांस्यसहित कुल नौ पदक जित्न सफल भएको छ ।
प्रतियोगितामा कराते क्लब काठमाडौंका होम गुरुङले स्वर्ण पदक जित्न सफल हुनुभयो । त्यसैगरी तिलोत्तमाका अनिष थापा र प्रजोल थापा, दाङका राजेश तामाङ तथा अबिन परियारले रजत पदक जित्न सफल भएका छन ।
यस्तै, नवलपरासीका महेन्द्र थारु, कपिलवस्तुकी पिन्की चौधरी, सोहन सिन्जाली तथा शुद्धोधनका एशान घिमिरेले कांस्य पदक जित्दै नेपालको पदक संख्या नौ पु¥याएका छन् ।
यो सफलतासँगै नेपाली कराँते खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशको गौरव बढाएकोप्रति विजेता सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा नेपाली टोलीलाई नेपाल कराँते महासंघले शुभकामना ब्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया