00:00:00
खेलकुद

तेस्रो एमजिके इन्टर डोजो जिल्लास्तरीय कराँते च्याम्पियनसिप ‘प्रेसिडेन्ट कप तिलोत्तमा १५ सम्पन्न

सोमबार असार ८, २०८३/ Monday 06-22-26

तिलोत्तमा । असार ८ गते । जापान गोजुरियो कराँते डो मिसन संघ नेपालको आयोजना रहेको तेस्रो एमजिके इन्टर डोजो जिल्ला स्तरीय कराँते च्याम्पियनसिप २०८३ ‘प्रेसिडेन्ट कप, तिलोत्तमा १५ सम्पन्न भएको छ । शनिबार र आइतबार गरि २ दिनसम्म सन्चालन भएको प्रतियोगितामा २१ डोजोका कुल २०५ खेलाडीहरुको सहभागिता रहेको थियो ।

जापान गोजुरियो कराँते डो मिसन संघ नेपालका संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक काजी रानाले प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लागि प्रतिभावान खेलाडी छनोट गर्ने गरि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । वहाँले स्थानीय स्तरमा लुकेर रहेका खेलाडी पहिचान तथा तिनको प्रतिभा प्रस्फुटनका लागी पनि प्रतियोगिता फलदायी सावित भएको बताउनुभयो ।

प्रतियोगितामा सहभागी भएका रेफ्री तथा निर्णायकहरुको अनुभव तथा कार्यशैली निखारता ल्याउन पनि प्रतियोगिताले सहयोग पुर्याएको रानाको भनाई छ । तिलोत्तमा–१५ कोटिहवास्थित मगर भवनमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गराइएको छ ।  प्रतियोगितामा ९ वर्षमुनिका खेलाडीहरूका लागि २०, २५ र ३० केजी तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो भने १० र ११ वर्ष उमेर समूहमा २५, ३०, ३५, ४० र ४५ केजी तौल समूह प्रतिस्प्रर्धा गराइएको थियो ।

यसै गरि १२ वर्षभन्दा माथिका पुरुष खेलाडीहरूका लागि ३७, ४२, ४७, ५२, ५७, ६२ र ६७ केजी प्रतिस्प्रर्धा गराइएको थियो भने महिलातर्फ ३५, ४०, ४५, ५०, ५५, ६१, ६८ तथा तथा ओपन वेट समूहमा प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया