बिन्दु भट्टराई,तिलोत्तमा २२ जेष्ठ ।
जातीय विभेद र छुवाछुतविरुद्धको सङ्घर्षमा दलित समुदायसंगै सम्पूर्ण मानव समुदायकै जिम्मेवारी रहने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । जातिय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा तिलोत्तमामा भएको अन्तर्कृया कार्यक्रममा विभेदरहित समाज निर्माणमा सम्पुर्णको ऐक्यवद्धता आवश्यक हुनेमा बक्ताहरुले जोड दिएका हुन् ।
तिलोत्तमा नगरपालिकाको आयोजना तथा सामुदायिक जागरण बिकास मन्च रुपन्देहीको व्यवस्थापनमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले विभेद विश्वमै फरक फरक तरिकाले हुने गरेको उल्लेख गर्दै नेपालमा पनि जातिय विभेदले जरा गाडेको स्पष्ट पारे। नेपालमा दलित समुदायले गरेको आन्दोलनका कारण परिवर्तन भएको तर सोचेअनुरुप परिबर्तन भयो या भएन भनेर खोज्न आवश्यक रहेकोमा श्रीको जोड छ ।
कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष रबि सेन्चुरिले परिवर्तन भएको छ हुन्छ भनेर ढुक्कले बस्न नहुने भन्दै शिघ्र परिवर्तनका लागि जो जहाँ छ त्यहिबाट काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सेन्चुरिले समाज रुपान्तरणमा एक जुट भएर लाग्न समेत सबैलाई आग्रह गरे ।
नगरपालिकाका प्रशासकीय अधिकृत सीता घिमिरेले जातिय बिभेदमा परे के गर्न सकिन्छ रु समाजमा सचेतना फैलाउन वडा वडामा कसरी कार्यक्रम लैजाने भन्ने बिषयमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताईन् ।
पत्रकार बिनोद परियारले संबैधानिक तथा कानुनी सचेतना र दलित अधिकार कार्यान्वयनमा कानुनी शासनका चुनौतिहरु बिषयमा सहजीकरण गर्दै जातिय छुवाछूतको विभेद सामाजिक संजालबाट झनै फैलिएकोमा जोड दिए । कानुनि रुपमा विभेद अन्त्य भएको भएपनि ब्यबहारिक रुपमा नभएको भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
करिब ५० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा नगरपापालिका नगरकार्यपालिका सदस्य लक्ष्मी घिले,न्यायिक समिती संयोजक लक्ष्मी गजमेर लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको संचालन बुद्दिसागर बिश्वकर्माले गरेका हुन् । यो दिवसलाई दलित समुदायको सम्मान र समानताको पहिचान स्थापित गर्ने, सामाजिक न्याय र मानव अधिकारको प्रवद्र्धन गर्ने अवसरका रुपमा पनि लिन सकिन्छ ।
तपाईको प्रतिक्रिया