00:00:00
शिक्षा

ब्रिटिश ग्रामरमा नमुना मतदान कार्यक्रम 

शुक्रबार जेठ १५, २०८३/ Friday 05-29-26

तिलोत्तमा । रुपन्देहीस्थित ब्रिटिश ग्रामर स्कुलमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । स्टुडेन्ट काउन्सिल २०८३ नाम दिइएको नमुना मतदान कार्यक्रमले विद्यार्थी्हरुमा मतदान गर्ने तरिका, प्रक्रिया, यसको आवश्यकता र महत्त्वबारे जानकारी दिन मद्दत पुर्याएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुवँरले जानकारी दिनुभयो । मतदानको व्यवहारिक पक्ष बुझाउनु र असल अभ्यासले विद्यार्थीमा पार्ने सकारात्मक प्रभावलाई प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य र सो अनुरुप विद्यार्थीहरुले निर्वाचन कार्यक्रममा सरिह भएर आ आफ्नो मताधिकारको सदुपयोग गरेका कुवँरको भनाई छ ।

विद्यालयका मावि संयोजक तथा नमुना मतदान कार्यक्रमका मुख्य निर्वाचन आयुक्त महेन्द्र पौडेलले विद्यार्थीहरुमा लोकतान्त्रिक अभ्यासबारे जानकार गराउदै प्रजातान्त्रिक परिपाटीबारे बुझाउन नमुना निर्वाचन कार्यक्रमले मद्दत पुर्याएको बताउनुभयो । वहाँँले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले स्टुडेन्ट काउन्सिलको निर्वाचनमा मतदान गरेको र स्कुल हेड ब्वाय र हेड गर्लका लागि ४ उम्मेदवार सहित चार सदनबाट १५ भन्दा बढी उम्मेदवारले च’नावी प्रतिस्प्रर्धा गरेको बताउनुभयो । यो निर्वाचनले विद्यार्थीहरुलाई जिम्मेवार र सचेत नागरिक बन्न प्रेरणा समेत प्रदान गरेको विद्यालय परिवारको भनाई छ । विद्यार्थीहरूले लामबद्ध भएर आफ्नो मतदान बूथमा गई गोप्य रुपमा ब्यालेट बक्समा मतदान गरेका थिए । 
 

तपाईको प्रतिक्रिया