00:00:00
स्थानिय

महिला कानुन र विकास मञ्चद्धारा यौन तथा प्रजनन् स्वास्थ्यसचेतना , तिलोत्तमा सामाजिक हिंसामा जिल्लाकै तेस्रो नम्वरमा

आइतबार बैशाख २०, २०८३/ Sunday 05-03-26

बिन्दु भट्टराई,तिलोत्तमा २० बैशाख ।
लुम्विनी प्राद्ेशिक अस्पतालका ओसिएमसी प्रतिनिधी पुतला खनालले तिलोत्तमा नगरपालिका सामाजिक हिंसामा जिल्लाकै तेस्रो नम्वरमा परेको बताएकी छन् । लुम्विनी प्राद्ेशिक अस्पतालको ओसिएमसीको तथ्यांक अनुसार पहिलो नम्वरमा बुटवल उपमहानगरपालिकाको वडा नम्वर ११ सवैभन्दा बढी हिंसामा  परेको छ भने दोस्रो नम्वरमा कञ्चन गाउँपालिका रहेको जनाईएको हो ।  

महिला कानुन र विकास मञ्च (एफ डब्लु एल डि)को आयोजना तथा सृजनशिल संस्था नेपाल (सिन)को संयोजनमा शनिबार सृजनशिल संस्थाको भलवारी स्थित भवनमा भएको कार्यक्रममा कार्यक्रममा प्रसुती समयमा महिलाले घर वा अस्पतालमा सहनुपरेको हिंसा र स्वास्थ्य सम्वन्धी अधिकारका विषयलाई कार्यक्रममा जोड दिईएको थियो ।

 सृजनशिल संस्था नेपालका कार्यक्रम व्यवस्थापन निर्देशक प्रतिमा पन्थीले यौन तथा प्रजनन् स्वास्थ्यलाई लिएर नेपाल सरकारले तय गरेका कानुन, कार्यान्वयनको अवस्था र प्रसुती महिलाले सहनुपरेका दुव्र्यवहारका विषयमा सहजीकरण गर्दै समाजका अगुवाहरुले यस विषयमा झक्झक्याउनुपर्ने धारणा राखेकी छन् ।
कार्यक्रममा तिलोत्तमा ९ का वडा अध्यक्ष धु्रव न्यौपानेले कतिपय कानुनका विषयमा ज्ञान नहुदा समस्या भएको र कतिपय कानुनी उल्झनका रुपमा खडा भएको अवस्थाका कारण पनि विभिन्न हिंसामा पर्ने गरेको जिकिर गरे ।

त्यस्तै संस्थाका संस्थापक अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष प्रतिमा शर्माले सृजनशिल संस्थाले बालविवाह अन्त्य,रजनोवृत्तिको असर,समग्र हिंसा न्युनिकरण लगाायतका विषयमा कार्यक्रम गर्दै आईरहेको स्मरण गर्दै प्रसुतिका लागि अस्पताल पुगेका महिलाहरुमाथि त्यसभित्र हुने हिंसा,व्यवहारले महिलाको मानसिकतामा परेको प्रभावले नकरात्मक मानसिकता सृजना गरेको प्रति सचेत गराईन् । उनले अस्पतालमा प्रसुति हुन गएका महिलालाई गर्ने व्यवहार परिवर्तन गर्न नसके  शुन्य होम डेलिभरी भन्ने सरकारको अभियानलाई समेत प्रभावित पार्ने समेत चेतावनी दिईन् ।

यसै सन्दर्भलाई जोडदै लुम्विनी प्रादेशिक अस्पतालका प्रसुति विभागका प्रतिनिधीले भने सिमित स्रोत साधन जनशक्ति अभाव र कम पारिश्रमिक लगायत विविध कारणले भनेजस्तो सेवा दिन नसकेको स्वीकार गर्दै  विरामीको सम्मानजनक व्यवहारलाई नीतिगत रुपमै पालना गर्ने गरी छलफल भईरहेको बताएका छन् ।  

कार्यक्रमको संचालन कार्यक्रम अधिकृत सोना न्यौपानेले गरेको कार्यक्रममा तिलोत्तमा वडा नम्वर ७ का वडा सदस्य गणेश भण्डारी,शहरी स्वास्थय केन्द्र भलवारीका प्रमुख डिल्लीराज भट्टराई,जिल्ला प्रहरी कार्यालय भैरहवाका महिला सेल ईन्सेपेक्टर कल्पना घर्र्ती,ईलाका प्रहरी कार्यालय बुटवलका महिला सेल,पत्रकार बिन्दु भट्टराई,कल्पना तिवारी,महिला स्वास्थ्य स्वयमसेवी,आमा समुह लगायतले अस्पतालमा वा घरमा प्रसुतिका समयमा गरिेने हिंसाको अन्त्य हुनुपर्नेमा ऐक्यवद्धता जनाएका छन् । 

 

तपाईको प्रतिक्रिया