00:00:00
स्थानिय

तिलोत्तमाको एक विद्यालय एक सृजनशिल कार्यक्रम अन्तर्गत शैक्षिक विधी र मुल्याङ्कन सम्वन्धी २ दिने कार्यशाला सुरु

आइतबार बैशाख ६, २०८३/ Sunday 04-19-26

बिन्दु भट्टराई,तिलोत्तमा ६ बैशाख । तिलोत्तमाको एक विद्यालय एक सृजनशिल कार्यक्रम अन्तर्गत पेडागोजी (शैक्षिक विधी र मुल्याङ्कन) सम्वन्धी २ दिने कार्यशाला सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना र मधवलिया माध्यमिक विद्यालयको संहकार्यमा तिलोत्तमाको पथ्थरडाँडामा कार्यशाला गोष्ठि सुरु भएको हो । 

मधवलिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने गरी अगाडी बढेको जिकिर गर्नुभयो । नगरपालिकाले सवै विद्यालयलाई शैक्षिक अवसर दिएर विद्यालयहरु विच सकरात्मक प्रतिष्पर्धाको विकास गराउँदै समग्र पालिकाको शैक्षिक प्रणाली (सिस्टम) सुधारका लागि काम गरिरहेकोमा सेन्चुरीले जोड दिनुभएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य शेरबहादुर कुवंरले जनशक्ति उत्पादन र शिक्षण सिकाईमा कार्यशालाले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गनुभयो । कुवंरले परम्परागत शिक्षण विधीबाट शैक्षिक रुपान्तरण नहुने उल्लेख गर्दै कार्यक्रममा विशेष छलफल हुने बताउनुभयो ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु चुँदालीले सिकेको सिकाईलाई बालबालिकामाझ पुर्याएर व्यावहारमा परिवर्तन ल्याउन सुझाव दिनुभएको कार्यक्रमको संचालन सुस्मिता लामिछानेले गर्नुभएको छ । कार्यशालाको सहजीकरण सिनियर स्टियम इडिटर नविन मरासिनी र प्राचार्य शेरबहादुर कुवंरले गर्नुभएको छ । तिलोत्तमाका २१ विद्यालयका ३० जना शिक्षक सहभागी कार्यशाला सोमबारसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया