00:00:00
स्थानिय

तिलोत्तमा नगरपालिकाद्वारा शैक्षिक सुधारका लागि कार्यविधी सहितको प्रतिवेदन  सार्वजनिक

शुक्रबार बैशाख ४, २०८३/ Friday 04-17-26

बिन्दु भट्टराई,तिलोत्तमा ४ बैशाख । 

तिलोत्तमा नगरपालिकाले शैक्षिक सुधारका लागि भन्दै २ वटा कार्यविधी सहितको प्रतिवेदन पेस गरेको छ ।कार्यदलले नगरपालिकाभित्रका विद्यालयको अवस्था,विद्यार्थी संख्या, शिक्षक दरबन्दी विवरण, विद्यालयमा पालिकाबाट निकासा हुने अनुदान, संस्थागत विद्यालयको छात्रवृत्ति वितरणको समायेजन र सामुदायिक विद्यालय समायोजन लगायत  शैक्षिक सुधारका लागि अध्ययन प्रतिवेदन पेश गरेको हो । नगरपालिकाले शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेर अध्ययन तथा छलफल गरेपछि शुक्बार पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले प्रतिवेदन अनुसार काम कार्वाही अगाडी बढाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले  पालिकाको शिक्षामा आमुल परिवर्तन आउन सक्ने समेत विश्वास व्यक्त गर्नुभयो ।

कार्यदलले तिलोत्तमा नगरपालिकाका संस्थागत विद्यालयमा अध्ययनरत २३ हजार विद्याथीमध्येबाट करिव २ हजार ३ सय १ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी प्रतिवेदन पारित गरेको हो  । जस अनुसार जेहेन्दार,विपन्न,आदिबासि जनजाती÷थारुलाई २० प्रतिशत, दलित  , अन्य गरी १५ प्रतिशत र मधेशी ÷मुस्लिम ÷अल्पसंखयक ÷अपाङ्गलाई १० प्रतिशत छात्रवृत्ति निर्धारण गरिएको नगरपालिकाले जनाएको छ । छात्रवृत्ति वितरण प्रकृयालाई पार्दर्शी र निश्पक्ष गरिने नगरप्रमुख खाँणको दावी छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले विगतका तीन वर्षको शैक्षिक अवस्थाको विश्लेषण गरी विद्यार्थीको संख्यामा गिरावट , दरबन्दी अभावका कारण विद्यार्थीको संख्याका आधारमा शिक्षकको संख्या कम  हुनु, विद्यालयको दुरी लगायतका विषयलाई मध्यनजर गरी बिद्यालय समायोजन प्रकृयालाई अगाडि बढाइएको बताउनुभयो ।

तिलोत्तमा नगरपालिकामा  हाल ४२ संस्थागत  र ४२ सामुदायिक विद्यालय रहेका छन् । जसमा संस्थागत विद्यालयमा २३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने  १९ हजार भन्दा बढी विधाथी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरी,वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्री,आर्थिक व्यवस्थापन समिति संयोजक गणेश पाठक,शिक्षा शाखा अधिकृत धनी प्रसाद शर्मालगायतले तिलोत्तमा नगरपालिकालाई आगामी ५ वर्षसम्म शिक्षामा देखिने गरी परिवर्तन ल्याउने गरी लागेको बताउँदै सम्पूर्णलाई सहयोगका लागि आग्रह गर्नुभएको छ ।
 

तपाईको प्रतिक्रिया