तिलोत्तमा— नयाँ वर्ष २०८३ सालको स्वागत तथा दिदीबहिनीबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले कैलाश आमा समूहद्वारा एक विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम सरस्वती पञ्चायतन मन्दिरको प्राङ्गणमा आयोजना गरिएको थियो। कार्यक्रमको सञ्चालन समूहकी सचिव तनुजा पाण्डेले गर्नुभएको थियो भने अध्यक्षता समूहकी अध्यक्ष दीपा पाण्डे गौतमले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा महिला वडा सदस्य धर्मा देवी न्यौपानेको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवातमा समूहकी उपाध्यक्ष गीता भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसपछि संस्थापक अध्यक्ष गायत्री पाण्डे, बरिष्ठ सल्लाहकार रिता गैरे, संरक्षक रघु शर्मा ढकाल, हिमलाल गौतम, आनन्द गैरे, नारायण सापकोटा, सरिता तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको विशेष आकर्षणका रूपमा समूहमा आबद्ध दिदीबहिनीहरूलाई समूहको तर्फबाट टिकाको पाता उपहार प्रदान गरिएको थियो। साथै, अतिथिहरूलाई जेल पेन प्रदान गरी सम्मान गरिएको थियो। यसैगरी, समूहका अध्यक्षबाट कार्यसमितिका पदाधिकारीहरूलाई परिचित गराउने उद्देश्यले सबैलाई पिन ब्याज वितरण गरिएको थियो। उत्साह र आपसी सद्भावपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमले दिदीबहिनीबीच एकता, सहकार्य र सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।
तपाईको प्रतिक्रिया