00:00:00
शिक्षा

न्यु लाइट कलेजको बार्षिकोत्सव 

शुक्रबार फाल्गुण २९, २०८२/ Friday 03-13-26

तिलोत्तमा । फाल्गुन २९ गते । रुपन्देहीको तिलोत्तमा १ शंकरनगरमा अवस्थित न्यु लाइट कलेजको बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको मध्य भागमा अवस्थित मोफसल कै एक मात्र बहुमुखि क्याम्पस न्यु लाइट कलेजको कक्षा ११ देखि स्नातक तहमा बीबीएस तथा बीएड अध्ययन अध्यापन गराउदै आएको सो कलेजमा बार्षिकोत्सवको अवसरमा बर्षभरि विभिन्न शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कारद्धारा सम्मान गरिएको कलेज ब्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि धर्मराज पौडेलले जानकारी दिनुभयो । 

कार्यक्रम कै अवसरमा कक्षा ११ तथा १२ मा होटल म्यानेजमेन्ट तर्फ अध्ययनरत विद्यार्थीहरुले सभ्य र भब्य रुपमा खाना महोत्सवको आयोजना गरेका छन । यसैगरि कलेजका सन्चालकहरुले आफ्ना आमा तथा बुवाको नाममा स्थापित गरेका छात्रवृत्ति अक्षयकोषबाट विभिन्न तहमा अध्ययनरत २३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ । यस्तै बार्षिकोत्सव कार्यक्रम कै अवसरमा कलेजले खुल्ला लोकनृत्य प्रतियोगिता आयोजना गरेको थियो । कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख खेमराज खनालको अध्यक्षता तथा क्याम्पस प्रमुख रमेश ज्ञवालीको स्वागत मन्तब्य दिनुभएको कार्यक्रम शैक्षिक संयोजक राजेन्द्र कुवँरको सन्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा कलेज भित्र र बाहिर अतिरिक्त क्रियाकलाप अन्र्तगत खेलकुद विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ । 

तपाईको प्रतिक्रिया