00:00:00
शिक्षा

विश्वशान्ति सामुदायिक आधारभूत विद्यालयको २१ औं वार्षिकोत्सव

शुक्रबार फाल्गुण ८, २०८२/ Friday 02-20-26

तिलोत्तमा । फागुन ८ गते । विश्वशान्ति सामुदायिक आधारभुत विद्यालय तिलोत्तमा–९, नन्दनवनको २१ औं बार्षिकोत्सव एवं अभिभावक दिवस बिहिबार सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसर पारी आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष हरि पाण्डेको अध्यक्षता एवं तिलोत्तमा वडा न ९ का अध्यक्ष ध्रुव न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले शिक्षालाई सिप, सिर्जना र प्रयोगसँग जोडेर लैजानु आजको मुल आवश्यकता रहेको बताउनुभयो । वहाँले तिलोत्तमा कै उत्कृष्ट मध्येको एक विश्वशान्तिलाई थप गतिशिल बनाउन आर्थिक तथा भौतिक पुर्वाधार लगायतका विषयमा तिलोत्तमा वडा न ९ को कार्यालयले सहयोग गर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डेले विद्यालयको आर्थिक, शैक्षिक एवं ब्यवस्थापकिय प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा बोल्दै अध्यक्ष हरि पाण्डेले गरिव, जेहेन्दार तथा उर्जावान विद्यार्थीहरुको पठनपाठनमा सहजता ल्याउन विद्यालयमा १० लाख बराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्यले गति पाउदै गएको भन्दै खृशी ब्यक्त गर्नुभयो ।

जग्गादाता बुद्धि सागर कुमाललाई सम्मान गरिएको कार्यक्रममा आमा समुहका अध्यक्ष तथा प्रतिनिधी, विभिन्न क्लवका अध्यक्ष तथा तिनका प्रतिनिधी, समाजसेवी, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । जानकी भण्डारीको स्वागत तथा सहायक प्रअ तारा प्रसाद अर्यालले सन्चालन गर्नुभएको कार्यक्रममा विभिन्न नृत्य, गायन तथा साँस्कुतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । 
 

तपाईको प्रतिक्रिया