00:00:00
शिक्षा

प्यारामाउण्ट माविमा विद्यार्थी लक्षित २ दिने सिकाई उत्सव शुरु

कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी 
सोमबार फाल्गुण ४, २०८२/ Monday 02-16-26

तिलोत्तमा । फाल्गुन ४ गते । रुपन्देहीको तिलोत्तमा १ मा रहेको प्यारामाउण्ट माविमा विद्यार्थी लक्षित २ दिने सिकाई उत्सव शुरु भएको छ । प्यारामाउन्ट प्रोग्रेसिभ एजुकेशन अन्र्तगत कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीैहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा प्रावि तहका कोअर्डिनेटर पुष्पा बस्नेतले जानकारी दिनुभयो ।

विद्यार्थीले १ बर्षसम्म स्कुलमा सिकेका र अध्ययन गरेका सम्पुर्ण विषयबस्तुलाई समेटेर सिकाई उत्सवमा पेश गरिएको जानकारी दिनुभयो । कार्यक्रमको पहिलो चरणमा विद्यार्थीहरुले सिर्जना गरेका विभिन्न खाले शैक्षिक सामाग्री, प्रयोगात्मक अभ्यास र सिकाईलाई प्रद्र्धशन मार्फत अभिभावकलाई अवलोकन गराइएको थियो भने कार्यक्मको दोस्रो चरणमा विद्यार्थी स्वयमंले आफ्नो रचनात्मक तथा सृजनात्मक क्षमतालाई स्टेज मार्फत अभिभाावक तथा उपस्थित अभिभावक बीच साझा गरेका थिए ।

कार्यक्रममा बोल्दै सहजकर्ता कविता अर्यालले विद्यालयको आधुनिक, विद्यार्थी–केन्द्रित र व्यवहारिक शिक्षण प्रणालीलाई थप सशक्त बनाउने उद्देश्य सहित आयोजित कार्यक्रम नेतृत्व विकाश र जीवनोपयोगी सीप विकासमा आधारित भएको बताउनुभयो ।  विद्यालयका संस्थापक प्राचार्य डा दामोदर भुषालका अनुसार दुई दिनसम्म सञ्चालन हुने लर्निगँ सेलेब्रेशन अर्थात सिकाई उत्सवमा विद्यार्थी प्रस्तुति, परियोजना प्रदर्शन, अभिभावक सहभागिता तथा अन्तरक्रियात्मक सिकाई लगायतका विभिन्न गतिविधिहरू समावेश गरिएका छन ।

विद्यालय सन्चालक समिति सदस्य लक्ष्मण ज्ञवालीले विद्यालयलाई नवीन, समावेशी र गुणस्तरीय शिक्षातर्फ अग्रसर कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।  कार्यक्रममा विद्यालयका सद्यदाहकारहरु, सन्चालक समिति तथा पदाधिकारी, शिक्षाविद, अभिभावक तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सिकाई उत्सव अन्र्तगत मंगलबार कक्षा ४ र ५ का विद्यार्थीहरुको प्रस्तुति रहनेछ । 

तपाईको प्रतिक्रिया