कृष्टल नलेज एकेडेमीमा खाना महोत्सवसँगै, लाइभ म्युजिक र विज्ञान प्रर्दशनी
छोराछोरीले पकाउने शिक्षक अभिभावकले खरिद गरि खाने
प्रकाश पाण्डे । फाल्गुन १ गते । तिलोत्तमा ९ मंगलापुरमा रहेको कृष्टल नलेज एकेडेमीले ‘साँगितिक खाना महोत्सवसँगै विज्ञान प्रर्दशनी २०८२ सम्पन्न गरेको छ । स्कुलको शैक्षिक उपलब्धि, सिर्जनशीलता तथा व्यावहारिक सीपलाई उजागर गर्ने उद्देश्य सहित कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । नयाँ नौला अभ्यास र प्रयोगात्मक शिक्षामा जोड दिदै आएको स्कुलले बार्षिक क्यालेण्डर अनुसार खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको विद्यालयका संस्थापक प्राचार्य खेमेन्द्र रानाले जानकारी दिनुभयो ।
कृष्टल नलेज एकेडेमीमा आधारभूत तहदेखि नै विभिन्न पेशा, व्यवसाय तथा नयाँ नौला अभ्यासलाई महत्व दिएर अध्ययन अध्यापन हुँदै आएको रानाको भनाई छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं तिलोत्तमा वडा न ९ का अध्यक्ष ध्रुव न्यौपानेले विद्यार्थीमा रहेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उपयुक्त अवसर प्रदान गरिएको भन्दै विद्यालय परिवारको प्रशंशा गर्नुभयो । अध्यक्ष न्यौपानेले कृष्टलमा प्रयोगात्मक शिक्षण पद्धतिमार्फत पढाइ हुनु गौरवको विषय भएको बताउनुभयो ।
कला तथा विज्ञान प्रर्दशनी समेत आयोजना गरिएको कार्यक्रमको सन्चालन शिक्षक देवेन्द्र अधिकारीले गर्नुभएको थियो भने साँगितिक ब्याण्ड अमन एण्ड द जुन, विद्यालयका संस्थापक कविता राना, तिलोत्तमा ९ का जनप्रतिनिधी गोबिन्द गुरुगँ लभसन, सहायक प्राचार्य विष्णु प्रसाद पोख्ररेल, विष्णु खनाल, शिक्षक, अभिभावक तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया