00:00:00
खेलकुद

न्यु लाइट कलेजमा खेल सप्ताह शुरु

बुधबार माघ १५, २०८२/ Wednesday 01-28-26

तिलोत्तमा । माघ १४ गते । रुपन्देहीको तिलोत्तमा– १, शंकरनगरमा रहेको यस क्षेत्रकै सर्बोत्कृष्ट मध्येको एक कलेज न्यु लाइट कलेजमा अतिरिक्त कार्यक्रम अन्तर्गत बुधबारबाट खेल सप्ताह आरम्भ भएको छ ।  कक्षा एघार, बाह्र र स्नातक तहमा शिक्षा र व्यवस्थापन संकाय सञ्चालन भएको कलेजमा १००० भन्दा बढी विद्यार्थीहरु खेल सप्ताहका विभिन्न बिधामा सहभागी भएका छन । अतिरिक्त कार्यक्रममा छुट्टै पहिचान बनाएको यस कलेजमा हरेक शुक्रबार पठन पाठन सहित  विद्यार्थीको मनोभावना अनुसार विविध परियोजना  सहितका कृयाकलाप हुने गर्दछन , त्यसैको समष्ठी बिम्ब खेल सप्ताहमा प्रतिबिम्बित हुनेछ ।

राष्ट्रमै शैक्षिक  गतिविधिका साथसाथै अतिरिक्त  कार्यक्रममा  समेत फरक पहिचान बनाएको यस कलेजमा  खेल सप्ताहमा चेस , कुर्ची दौड ,लोकगीत, कविता, सटपुट, निबन्ध प्रतियोगिता, लुडो भलिबल, हन्डीफोर ,फुटसल ,क्रीकेट,१००, २००, ४०० मिटर दौडमा सम्पूर्ण  विद्यार्थीले  सक्रियता  साथ विविध खेलमा सहभागी  भएका छन । कलेजका अतिरिक्त कार्यक्रम  प्रमुख  खेमराज खनालको अध्यक्षतामा भएको खेल सप्ताहको शुभारम्भ  क्याम्पस व्यवस्थापन समितिका  अध्यक्ष धर्मराज पौडेल र  कलेजका क्याम्पस  प्रमुख  रमेश  ज्ञवालीले संयुक्त रुपमा रिबन  काटेर गर्नुभयो । शुभारम्भ कार्यक्रममा कलेजका  शैक्षिक  संयोजक  राजेन्द्र  कुँवर, व्यवस्थापन संकाय प्रमुख  बिरेन्द्र राना , शिक्षण विभाग प्रमुख  राम प्रसाद भट्टराई  लगायतले शुभकामना  मन्तव्य राख्नु भएको  थियो ।

कक्षा एघारदेखि स्नातक  चौथो वर्षसम्मका विभिन्न  तह र संकायक विद्यार्थीको सक्रिय सहभागिता रहेको शुभारम्भ कार्यक्रममा विद्यार्थीले साँस्कृतिक झलक समेत प्रदर्शन  गरेका थिए ।  खेल सप्ताहका कार्यक्रम कलेज प्राङ्गण, मोनालिसा फुटसल ग्राउन्ड , टिपिएल कृकेट ग्राउन्ड लगायतमा व्यवस्थित तरिकाले सञ्चालन गरिने भएको छ । खेल सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै  कलेजका शैक्षिक  संयोजक  राजेन्द्र  कुँवरले’ अहिले किताबी ज्ञानले मात्रै  विद्यार्थीको क्षमता मापन गर्न सकिँदैन । उनीहरुमा रहेको आन्तरिक र बौद्धिक  क्षमता मापनका लागि यस्ता अतिरिक्त  कार्यक्रम सहायक  सिद्ध  हुने र न्यु लाइट रुपन्देहीको  खेलकूदको खम्बा  रहेको  कुरा बताउनु भयो ।

न्यु लाइट कलेज विद्यार्थीको शैक्षिक  मात्रै नभई अतिरिक्त क्षमतालाई पहिचान गरी उनीहरुको सर्वाङ्गीण विकासका लागि मन, वचन र कर्मले लागि परेको क्याम्पस प्रमुख  रमेश ज्ञवालीले  मन्तव्यका कार्यक्रममा  विचार व्यक्त  गर्नुभयो । कार्यक्रममा  प्रमुख  अतिथि धर्मराज पौडेलले न्यु लाइट कलेज शैक्षिक क्षेत्रमा मात्रै नभएर अतिरिक्त कृयाकलापमा यसै क्षेत्रकै नमुना कलेज बनाउन लागि परेको विचार व्यक्त गर्नु भयो ।  
 

तपाईको प्रतिक्रिया