तिलोत्तमा । माघ १४ गते । रुपन्देहीको तिलोत्तमा– १, शंकरनगरमा रहेको यस क्षेत्रकै सर्बोत्कृष्ट मध्येको एक कलेज न्यु लाइट कलेजमा अतिरिक्त कार्यक्रम अन्तर्गत बुधबारबाट खेल सप्ताह आरम्भ भएको छ । कक्षा एघार, बाह्र र स्नातक तहमा शिक्षा र व्यवस्थापन संकाय सञ्चालन भएको कलेजमा १००० भन्दा बढी विद्यार्थीहरु खेल सप्ताहका विभिन्न बिधामा सहभागी भएका छन । अतिरिक्त कार्यक्रममा छुट्टै पहिचान बनाएको यस कलेजमा हरेक शुक्रबार पठन पाठन सहित विद्यार्थीको मनोभावना अनुसार विविध परियोजना सहितका कृयाकलाप हुने गर्दछन , त्यसैको समष्ठी बिम्ब खेल सप्ताहमा प्रतिबिम्बित हुनेछ ।
राष्ट्रमै शैक्षिक गतिविधिका साथसाथै अतिरिक्त कार्यक्रममा समेत फरक पहिचान बनाएको यस कलेजमा खेल सप्ताहमा चेस , कुर्ची दौड ,लोकगीत, कविता, सटपुट, निबन्ध प्रतियोगिता, लुडो भलिबल, हन्डीफोर ,फुटसल ,क्रीकेट,१००, २००, ४०० मिटर दौडमा सम्पूर्ण विद्यार्थीले सक्रियता साथ विविध खेलमा सहभागी भएका छन । कलेजका अतिरिक्त कार्यक्रम प्रमुख खेमराज खनालको अध्यक्षतामा भएको खेल सप्ताहको शुभारम्भ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष धर्मराज पौडेल र कलेजका क्याम्पस प्रमुख रमेश ज्ञवालीले संयुक्त रुपमा रिबन काटेर गर्नुभयो । शुभारम्भ कार्यक्रममा कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवर, व्यवस्थापन संकाय प्रमुख बिरेन्द्र राना , शिक्षण विभाग प्रमुख राम प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कक्षा एघारदेखि स्नातक चौथो वर्षसम्मका विभिन्न तह र संकायक विद्यार्थीको सक्रिय सहभागिता रहेको शुभारम्भ कार्यक्रममा विद्यार्थीले साँस्कृतिक झलक समेत प्रदर्शन गरेका थिए । खेल सप्ताहका कार्यक्रम कलेज प्राङ्गण, मोनालिसा फुटसल ग्राउन्ड , टिपिएल कृकेट ग्राउन्ड लगायतमा व्यवस्थित तरिकाले सञ्चालन गरिने भएको छ । खेल सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले’ अहिले किताबी ज्ञानले मात्रै विद्यार्थीको क्षमता मापन गर्न सकिँदैन । उनीहरुमा रहेको आन्तरिक र बौद्धिक क्षमता मापनका लागि यस्ता अतिरिक्त कार्यक्रम सहायक सिद्ध हुने र न्यु लाइट रुपन्देहीको खेलकूदको खम्बा रहेको कुरा बताउनु भयो ।
न्यु लाइट कलेज विद्यार्थीको शैक्षिक मात्रै नभई अतिरिक्त क्षमतालाई पहिचान गरी उनीहरुको सर्वाङ्गीण विकासका लागि मन, वचन र कर्मले लागि परेको क्याम्पस प्रमुख रमेश ज्ञवालीले मन्तव्यका कार्यक्रममा विचार व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि धर्मराज पौडेलले न्यु लाइट कलेज शैक्षिक क्षेत्रमा मात्रै नभएर अतिरिक्त कृयाकलापमा यसै क्षेत्रकै नमुना कलेज बनाउन लागि परेको विचार व्यक्त गर्नु भयो ।
तपाईको प्रतिक्रिया