खेलकुद
पशुपति मावि तिलोत्तमा–१५ को सप्ताहब्यापी खेलकुद कार्यक्रम
मंगलबार माघ १४, २०८२/ Tuesday 01-27-26
तिलोत्तमा । माघ १३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित श्री पशुपति माध्यमिक विद्यालयमा जारी सप्ताहब्यापी खेलकुद मंगलबार पनि जारी रहने छ ।
विद्यालयको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारी विद्यालयले आइतबारबाट सप्ताहव्यापी खेलकूद कार्यक्रम शुरु गरेको विद्यालयका प्राचार्य बेद नारायण भट्टराईले जानकारी दिनुभयो ।
वहाँले एथलेटिक्ससँगै खेलकुदका भिन्न भिन्न विधामा विद्यार्थी लक्षित प्रतिस्प्रर्धा भैरहेको छ । विद्यालयको मूल समारोह भने यही माघ १८ गते सम्पन्न हुनेछ ।
तपाईको प्रतिक्रिया