00:00:00
शिक्षा

नमुना इ बोर्डिगँ स्कुलमा विविध कार्यक्रम

शनिबार माघ ११, २०८२/ Saturday 01-24-26

तिलोत्तमा । माघ १० गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १० बेवरीमा रहेको नमुना इ बोर्डिगँ स्कुलमा सरस्वति माताको मुर्ति अनावरण लगायतका विविध कार्यक्रम सम्पन्न गरिएको छ । बसन्त पन्चमीको अवसर पारी स्कुल सन्चालक समितिका अध्यक्ष कुम बहादुर बयम्बुको अध्यक्षतामा एक समारोहका बीच शेयर सदस्य तथा समाजसेवी चित्र बहादुर गुरुगँले उक्त मुर्ति सौजन्य स्वरुप विद्यालयलाई हस्तान्तरण गरि अनावरण गरिएको प्राचार्य कमल कोइरालाले जानकारी दिनुभयो ।

साथै विद्यालयमा स्थापना गरिएको नमुना इनोभेसन एण्ड स्किल डिपार्टमेन्ट सेन्टरको उद्धघाटन पनि सम्पन्न गरिएको छ । समाजसेवी कृष्ण प्रसाद पौडेल र दिलसिंह थापाले संयुक्त रुपमा उक्त सेन्टरको उद्धभाटन गर्नुभएको प्राचार्य कोइरालाले जानकारी दिनुभयो । यसैगरि नमुना फन पार्कको उद्धघाटन पनि सम्पन्न गरिएको छ । वडासदस्य बालकृष्ण लम्साल र बेवरी टोल विकाश संस्थाका अध्यक्ष कृष्ण बहादुर बरालले संयुक्त रुपमा गर्नुभएको थियो ।

यसैगरि शैक्षिक सत्र २०८२ मा विद्यालयले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलाप तथा परिक्षामा उत्कृष्ट अंक ल्याउनेहरुलाई पनि पुरस्कृत गरिएको छ । सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य कमल कोइरालाले पठनपाठनका अलावा विद्यालयले आयोजन ागर्ने विभिन्न अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी विकाशमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको थियो । 
 

तपाईको प्रतिक्रिया