00:00:00
शिक्षा

नोबल इन्भायरोमेन्ट एकेडेमीको १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

शनिबार माघ ११, २०८२/ Saturday 01-24-26

प्रकाश पाण्डे । माघ १० गते । नोबल इन्भायरोमेन्ट एकेडेमी तिलोत्तमा १५ कोटीहवा रुपन्देहीकोे १५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । बसन्त पन्चमीको अवसर पारी आयोजित मूल समारोहमा बोल्ने वक्ताहरुले नोबल इन्भायरोमेन्ट एकेडेमीले सर्वसुलभ, प्रविधिमैत्री तथा जीवनउपयोगी शिक्षा प्रदान गर्न सफल भएको भन्दै प्रशँशा गरेका छन ।

 विद्यालय प्रागँणमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवँ शिक्षाविद पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण खनालले स्थापनाको छोटो समयमै विद्यालयको प्रगति लोभलाग्दो रहेको बताउनुभयो । वहाँले आधुनिक तथा  प्रयोगात्मक शिक्षा प्रणालीलाई अवलम्बन गर्दै विद्यार्थीलाई नविनतम ढँगबाट अध्यापन अधयापन गराउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । वहाँले अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले उत्कृष्ट कार्य गरेको भन्दै आगामी दिनमा थप उन्नति प्रगतिको कामना साथै बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर गुरुगँको अध्यक्षता रहेको कार्यक्रममा प्रिन्सिपल खिनु गुरुगँले बार्षिक प्रतिवेदन पेश गर्दै शिक्षालाई चलायमान बनाउदै बालबालिकालाई खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने गरि काम गरिरहेको बताउनुभयो । कार्यक्रम कै अवसरमा विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाहरलाई डेडिकेटेड सर्भिस अर्वाड प्रदान गरिएको छ भने विभिन्न साहित्यिक, खेलकुद र अतिरिक्त क्रियाकलाप तर्फं उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पनि सम्मान गरिएको प्रबन्ध निर्देशक सुन्दर गुरुगँले बताउनुभयो ।

कार्यक्रममा अनुशाशन तर्फको अवार्ढ कक्षा ९ का छात्रा सुमिना पुन, वाककला तर्फ उत्कृष्ट हुने युनिक अधिकारी, सरसफाई तर्फ जियाना गुरुगँ, हाइजेनिक अवार्डबाट समिरा थापा, बर्ष कै उत्कृष्ट विद्यार्थीको अवार्डबाट कक्षा ५ की छात्रा सान्भी क्षेत्री र बर्षकै उत्कृष्ट शिक्षकको अवार्ड निरा पुनले प्राप्त गर्नुभएको गुरुगँले जानकारी दिनुभयो । कार्यक्रममा पशुपति कलेजका प्राचार्य जीतबहादुर रास्कोटी, विद्यालयका प्रबन्धक सुन्दर गुरुगँ, समाजसेवी गजबहादुर गुरुगँ, विश्व कन्फ्युसियनज्मका रिसर्च सेन्टर निर्देशक देगँ होगँमेई समाजसेवी, अभिभावक, शिक्षक कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रमको सन्चालन प्रिन्सिपल खिनु गुरुगँ तथा विद्यार्थी दिपेन्द्र रेग्मीले गर्नुभएको थियो ।

गीत सँगीत, नाटक, नृत्य लगायत विविध साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको कार्यक्रम कै अवसरमा साहित्यीक पत्रिका नोबल भ्वाइसको सातौं सँस्करण समेत सार्वजनिक गरिएको शिक्षिका अमृता न्यौपानेले जानकारी दिनुभयो । २०६८ सालमा स्थापना भएको विद्यालयमा हाल ५०० बढी जना विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

तपाईको प्रतिक्रिया