प्रकाश पाण्डे । पौष ११ गते । रुपन्देहीको तिलोत्तमा १ शंकरनगरमा रहेको टाकुरा साकोसमा नवनिर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा अन्य उपसमितिको पदभार ग्रहण तथा शेयर सदस्यलाई १ दिने सहकारी प्रशिक्षण कार्यशाला न्यु लाइट कलेजको सभाहलमा सम्पन्न भएको छ ।
संस्थाका संस्थापक अध्यक्ष तथा निर्वाचन समिति संयोजक गिरीराज बञ्जाडेको प्रमुख आथिथ्यमा सम्पन्न पदभार तथा सपथ ग्रहण समारोहमा प्रमुख सल्लाहकार रमेश ज्ञवाली, शिवचन्द्र शाह लयायतले शुभकामना मन्तव्य रााख्नु भएको थियो । दोस्रो सत्रमा सञ्चालित सहकारी प्रशिक्षणमा राष्ट्रिय सहकारी बैक लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्बासेले सहकारीका समग्र विषयमा प्रशिक्षण दिनु भएको थियो ।
साकोसका अध्यक्ष राजेन्द्र कुवँरको अध्यक्षता तथा उपाध्यक्ष खेमराज खनालले सञ्चालन गरेको कार्यक्रममा सहभागीले आफ्नो तर्फबाट सहकारीका विषयमा प्रशिक्षकसँग विविध जिज्ञासा राख्दै सिकेको ज्ञान समाजमा बाँड्दै टाकुरालाई नमुना सहकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया