00:00:00
खेलकुद

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु 

सोमबार पौष ७, २०८२/ Monday 12-22-25

प्रकाश पाण्डे । पौष ७ गते । तिलोत्तमामा प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा तिलोत्तमा ८ स्थित कुवँरवर्ती स्कुलको प्रागँणमा सोमबारबाट छात्र छात्रा दुवै विधातर्फका खेलहरु शुरु गरिएको खेल संयोजक तथा हिसान रुपन्देहीका कावा सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

वेष्ट अफ थ्रीको नियमानुसार खेलाइएको प्रतियोगितामा छात्र तर्फ १७ वटा टिम र छात्रातर्फ १२ वटा टोलीले प्रतिस्प्रर्धामा भाग लिएको अर्यालले बताउनुभयो । सोमबार पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । जसमा छात्रतर्फ ६ खेल सम्पन्न भएकोमा बुद्ध पब्लिक, इडन बोर्डिगँ, होराइजन जिविएस, अक्सफोर्ड मावि, सेन्ट जोसेफ, एभरेष्ट बोर्डिगँ विजयी भई दोस्रो चरणमा प्रवेश गरेका छन ।

यस्तै छात्रातर्फ ६ खेल सम्पन्न भएकोमा सिद्धार्थ बोर्डिगँ, होराइजन जिविएस, कुवँरवर्ती स्कुल, काशी नोबेल लगायत विजयी भएका छन । यसअघि सोेमबार आयोजित उद्घाटन सत्रमा अध्यक्षको आसनबाट बोल्दै हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपानेले शैक्षिकसँगसँगै बौद्धिक तथा खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई अब्बल बनाउने गरि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परिक्षा राष्ट्रीय परिक्षा प्रदेश प्रमुख रमाकान्त तिवारी,  विशिष्ट अतिथि हिसान केन्द्रिय निर्देशक प्रोफेसर आरसी आचार्य, प्याब्सन रूपन्देहीका अध्यक्ष दीपक खनाल, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका प्रमुख सल्लाहकार दिनेश भुषाल, लगायतको सहभागिता रहेको थियो । हिसान रुपन्देहीका वरिष्ठ जिल्ला उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागत तथा खेल संयोजक एवं हिसान काव सचिव लक्ष्मण अर्यालको सन्चालनमा उद्धघाटन सत्र सम्पन्न भएको थियो । 
 

तपाईको प्रतिक्रिया