00:00:00
स्थानिय

मणिग्राममा जारी तिलोत्तमा मेला पुस ३ गते समापन हुने

मंगलबार पौष १, २०८२/ Tuesday 12-16-25

प्रकाश पाण्डे । पौष १ गते । तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ पुस ३ गते समापन हुने भएको छ ।

मेला मुल आयोजक समिति संयोजक तथा आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले दर्शकको माग बढेकाले मेलाको लागि दुई दिन समयावधि बढाइएको हो ।

महोत्सवमा तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता पनि जारी रहेको खेल संयोजक विवस थापाले जानकारी दिनुभयो । प्रतियोगितमा बिजेताले ५० हजार दोस्रोले ३०, तेस्रोले २० तथा सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार प्राप्त गर्नेछन् ।

मंसिर १५ गतेबाट शुरु भएको महोत्सव पुस ३ गतेसम्म चल्ने भएको हो । मेलामा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिने गरेको सांस्कृतिक कार्यक्रम संयोजक युवराज पराजुलीले बताउनुभयो ।
 

तपाईको प्रतिक्रिया