00:00:00
स्थानिय

जनज्योतिले जित्यो सातौं तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

आइतबार मङ्सिर २९, २०८२/ Sunday 12-14-25

प्रकाश पाण्डे । मंसीर २८ गते । जनज्योति माध्यमिक विद्यालय तिलोत्तमा–४ डिंगरनगरले सातौंैं तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को उपाधि जितेको छ । जनज्योति माविले १३ स्वर्ण ११ रजत र ६ कास्य पदकसहित यस वर्षको राष्ट्रपति रनिङ्गशिल्ड जितेको हो ।  शनिबार भएको फाइनल खेलमा पशुपति माविले ८ स्वर्ण ५ रजत र ३ कास्यसहित दोस्रो र शान्ति नमुना मावि ८ स्वर्ण ३ रजत र ५ कास्यसहित तेस्रो स्थान प्राप्त गरे । प्रतियोगितामा प्रथम, द्धिप्तिय र तृतीय हुने विद्यँलयलाई नगद रु ३० हजार, २० हजार र १० हजारसहित ट्रफी, मेडल र  प्रमाणपत्रले सम्ँमान गरिएको छ । 
नगर खेलकुद विकास समिति तिलोत्तमाका संयोजक लोक पुनको अध्यक्षता रहेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले विद्यार्थीमा अन्तरनिहित प्रस्फुटन गराउने तिलोत्तमा नगरपालिकाको अभियान रहेको बताए । उनले प्रतियोगितामा सहभागी विद्यालय तथा खेलाडीहरुमा धन्यवाद ज्ञापन गर्दै उत्कृष्ट हुने सबै बिद्यालयलाई बधाई दिए ।
नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा उपसचिव गंगाराम आचार्यले खेलको माध्यमबाट प्रतिभा प्रस्फूटन साथै नगरभित्रका खेलाडी पहिचान गर्न प्रतियोगिता गरिएको जनाए । नगरपालिकाले अतिरिक्त क्रियाकलापलाई जोड दिँदै आएको तथा खेल क्षेत्रमा योजनाबद्ध काम गरिरहेको आचार्यले बताए । तिलोत्तमा वडा न ६ मा रहेको उमा आधारभूत बिद्यालय र नगरपालिकाको आफ्नै प्रांगणमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी कुल ३६ विद्यालयहरुले प्रतिष्पर्धामा गरेको नगर खेलकुद विकास समिति तिलोत्तमाका संयोजक लोक पुनले जानकारी दिए । प्रतियोगितामा ५४ विधामा खेल भए भने एथ्लेक्टिक्स, करांते, तेक्वान्दो, भलिबल, कबड्डी लगायतका प्रतियोगिता आयोजना गरिएको पुनले बताए । पुनले ज्याभलिन थ्रो, सटपुट, पनि आयोजना गरिएको बताए । सातौं तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न भएको हो । 

तपाईको प्रतिक्रिया