प्रकाश पाण्डे । मंसीर १५ गते । तिलोत्तमाको मणिग्राममा आजबाट ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक कृषि, पर्यटन तथा ब्यापार महोत्सव २०८२ शुरु हुदैछ । मेलाको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले आजै उद्घाटन गर्ने कार्यतालिका छ् । तिलोत्तमा उद्योग व्यापार संगठनले आयोजना गरेको यसपटकको महोत्सव आजबाट शुरु भई आगामी पौष १ गतेसम्म चल्नेछ भने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको मेला मूल आयोजक समितिका संयोजक तथा संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए ।
प्रचार प्रसार उपसमितिका संयोजक सोबित दर्लामीका अनुसार उद्घाटनअघि आजै विहान साढे ११ बजेदेखि तिलोत्तमाका विभिन्न ठाउँबाट झाँकीसहितको सचेतना र्याली निकालिने छ । र्यालीमा सहभागी उत्कष्ट समूहहरुलाई पुरस्कृत गरिने छ । त्यस्तै आजै विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मेलास्थमा रक्तदान समेत गरिने कार्यक्रम संयोजक नितेश सिलवालले जानकारी दिए । महोत्सवमा दर्शकलाई आकर्षित गर्न पहिलेका भन्दा भिन्न संरचनाहरु निर्माण गरिएको छ ।
महोत्सवको आकर्षणको रुपमा लण्डन ब्रिजको नमूनामा गेट निर्माण गरिएको छ । त्यस्तै जलपरी, कश्मिर भ्याली, आईफिल टावर, वाल उद्दान लगायतका संरचना निर्माण गरिएको संगठनका महासचिव हेमलाल न्यौपानेले बताउनुभयो । महोत्सवको लागि तीन सय स्टलहरु सहभागी गराइएको स्टल दर्ता उपसमिति संयोजक विवस थापाले बताउनुभयो । त्यस्तै महोत्सवमा २० वटा स्तरीय होटलका स्टलहरु रहने होटल रहने छन् । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको बताइएको छ ।
तपाईको प्रतिक्रिया