00:00:00
शिक्षा

न्यु इन्भाइरनमण्टमा सास्कृतिक भेषभुषा सहितको पोशाक प्रदर्शन

शनिबार मङ्सिर १४, २०८२/ Saturday 11-29-25

प्रकाश पाण्डे । मंसीर १३ गते । न्यु इन्भाइरनमण्ट अग्रेजी मावि मणिग्रामले सास्कृतिक भेषभुषा सहितको पोशाक प्रदर्शन तथा नृत्य कार्यक्रम सम्पन्न गरेको छ । भिन्न भिन्न पोशाक र भेषभुषामा सजिएका विद्यार्थीहरुले आफ्नो जातियता झल्काउने गरि विभिन्न सास्कृतिक कार्यक्रममा भाग लिएका थिए ।

रिति रिवाज र संस्कृतिको संरक्षण तथा सम्र्वद्धन र जगेर्ना गर्ने उद्धेश्य सहित आयोजना गरिएको कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको विद्यालयले जनाएके छ । सर्व धर्म सर्व जाति विविधतामा एकताको सन्देश जागृत गर्ने ध्येयले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालमा छरिएर रहेका जातजाति, भाषाभाषी, तिनको रहनसहन र एकताको सन्देश दिन कार्यक्रम फलदायी सावित भएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नेृत्रलाल वनले बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजातिको सांस्कृतिक पहिरन, रहनसहन, सांस्कृतिक पहिचान झल्किने भेषभूषा र आफ्नो परिचय सहितको एकल तथा सामुहिक नृत्य प्रदर्शन गरेका थिए ।

कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिएको कार्यक्रममार्फत विद्यार्थीहरूलाई आ आफ्नै संस्कृति जान्ने, बुझ्ने र जगेर्ना गर्न प्रेरणा मिलेको विद्यालयले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया