00:00:00
खेलकुद

तिलोत्तमा रन–२०८२ को सम्पुर्ण तयारी पुरा

शनिबार मङ्सिर १४, २०८२/ Saturday 11-29-25

प्रकाश पाण्डे । मंसीर १३ गते । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को आयोजनामा आज आयोजना गरिएको तिलोत्तमा रन–२०८२ को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । युवाको ज्ञान युवाको शान भन्ने मुल नारासहित वडा न ९ तिलोत्तमाको आयोजनामा हुने तिलोत्तमा रन–२०८२ लाई सफल पार्न वडाले आम नगरवासी सबैमा अन’रोध समेत गरेको  छ ।

आज बिहान ७ः४५ बजे शान्तिकुञ्ज योगिकुटीबाट शुरु भै वडा न ९ को कार्यालयमा आएर सम्पन्न हुने गरि म्याराथन आयोजना गरिएको कार्यक्रम संयोजक लवसन गुरुङले जनाए । आज बिहान हुने दोस्रो संस्करण दौड प्रतियोगितामा तिलोत्तमा भरीका १५ देखि ४० वर्षसम्मका महिला पुरुष, ४१ देखि ६० बर्षसम्मका महिला पुरुष तथा ६० बर्षदेखि माथिका पुरुष जेष्ठ नागरिक सहभागी हुन पाउने वडा अध्यक्ष ध्रुव न्यौपानेले बताए ।

यो दौड योगिकुटी चोकदेखि सुरु भई वडा न ९ को कार्यालयसम्म करिब ८ किलोमिटर दुरीको हुने संयोजक गुरुङ्गको भनाई छ । प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतिय हुनेले क्रमश १३ हजार ८ हजार र ५ हजार प्राप्त गर्नेछन् । 

तपाईको प्रतिक्रिया