00:00:00
शिक्षा

लिटिल प्याराडाइजको शैक्षिक अन्तरक्रिया कार्यक्रम

अभिभावकसँग शैक्षिक सुझाव माग
मंगलबार मङ्सिर १०, २०८२/ Tuesday 11-25-25

प्रकाश पाण्डे । मंसीर ९ गते । लिटिल प्याराडाइज इंग्लिश मिडियम स्कूल तिलोत्तमा ७ भलवारीले मंगलबार शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ३ दिनसम्म चल्ने अन्तरक्रियाको पहिलो दिन प्रि प्राइमरी तहका विद्यार्थी लक्षित कार्यक्रममा अभिभावकहरुसँग शैक्षिक सुझाव माग गरिएको विद्यालयका सिनियर शैक्षिक संयोजक नवराज रेग्मीले जानकारी दिनुभयो । वहाँले विद्याथीहरुलाई ब्यवहारिक नैतिकवान र सीपमा आधारित शिक्षा प्रदान गर्ने विद्यालयको उद्धेश्यमा अभिभावकहरुले एकेबद्धता जनाएको र सोही अनुसार सुझावहरु संकलन गरिएको बताउनुभयो ।

अतिरिक्त क्रियाकलापसँगै विद्यालयले शिक्षामा संस्कार तथा प्रविधि जोडने प्रयास गर्नु आफैमा सह्रानिय रहेको अभिभावकहरुले औंल्याएका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जीतु बौडेलले विद्यार्थीहरुको रुचि, चाहना र ईच्छालाई आत्मसात गर्दै पठन पाठन गराइरहेको बताउनुभयो । साथै वहाँले अभिभावकबाट आएका गुनासा तथा सुझावहरुलाई विद्यालयले अक्षरंस पाजला गरि अघि बढ्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो ।  कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले बालबालिकाहरु काँचो माटो जस्तै भएकाले उनीहरुलाई सही र समयसापेक्ष शिक्षा प्रदान गर्न गराउन शिक्षक, अभिभावक तथा विद्यालय परिवारले सधै पुलको काम गरिरहेको बताउनुभयो ।

प्राचार्य ज्ञवालीले सामाजिक तार्किक क्षमतामा ह्रास आइरहेको बर्तमान सन्दर्भमा विद्यार्थीहरुमा राम्रा बानीको विकाश गर्दै असल अभ्यास सहितको शिक्षण सिकाई गर्न विद्यालय परिवार कटिबद्ध रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो । विद्याललयले संगीत कक्षा, खेलकुदका लागी छुट्टै शिक्षक लगायत अतिरिक्त क्रियाकलापमा ध्यान दिदै अगाडी बढेको जानकारी दिनुभयो । शिक्षामा सँस्कार र प्रविधी जोडने विद्यालयको प्रयास रहेको ज्ञवालीको भनाई छ । शिक्षक अभिभावक संघका अध्यक्ष सिता पुन, सहायक प्राचार्य मोहन थारु, शिक्षक, अभिभावक  तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा जुनियर शैक्षिक संयोजक संझना खरेलको स्पागत र सिनियर शैक्षिक संयोजक नवराज रेग्मीको संन्चालनमा अन्तकिैया सम्पन्न भएको थियो । 
 

तपाईको प्रतिक्रिया