00:00:00
स्थानिय

नरव्ह्विल क्लव अफ तिलोत्तमाद्धारा श्री सत्यसाही आश्रमका ३० जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच

सोमबार मङ्सिर ९, २०८२/ Monday 11-24-25

बिन्दु भट्टराई,तिलोत्तमा ८ मंसिर।
इनरव्ह्विल क्लव अफ तिलोत्तमा र  श्री सत्यसाही वृद्ध सेवा आश्रमले जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छ्न् ।

क्लवले करिव ३० जना जेष्ठ  नागरिकलाई स्वास्थ्य जांच गराएको हो । कार्यक्रममा प्रमुख अतिथि समाजसेवी हरि रिजालले सेवा भावले आनन्द दिन सक्ने भन्दै आफुले सेवा भावमा जति आनन्द केहिमा पनि नभेट्ने बताए ।

इनर ह्विल क्लव तिलोत्तमाका अध्यक्ष रत्ना रिजालको अध्यक्षतामा भएको कार्यक्रमक्रमा अध्यक्ष रिजालले आफू आएपछी वृक्षरोपण ,बिधालयमा शैक्षिक सामाग्री वितरण जस्ता एक पछि अर्को निश्वार्थ  भाबले काम गरिरहेको बताइन् । उनले सेवा भावलाई सबैले अनुसरण गर्न सके समाज परिवर्तनमा समय नलाग्नेमा जोड दिइन् ।

त्यस्तै कार्यक्रममा रोहिणी गाउँपलिकाका शाखा अधिकृत कर्ण कुमार क्षेत्री,सेवा आश्रमका अध्यक्ष माया खराल लगायत बोल्नुभएको थियो। क्लवका सचिव सीता भट्टराईको संचालनमा भएको कार्यक्रममा आइ ड्ब्लु एजि रेखा चौधरीले स्वागत मन्तब्य राखेकि थिइन् । भने देवदह नगरपालिकाका जनस्वास्थ्य निरिक्षक गिरि तरामु र रामप्रसाद पन्थीले स्वास्थ्य जाँचमा सहजीकरण गरेका थिए । 

तपाईको प्रतिक्रिया