चौथो समपुर्ण कप : दोस्रो सेमीफाइनलमा आज सिम्रिक र सुनवल भिड्दै
बुधबार पहिलो सेमीफाइएनलमा विजयी हुदै झरना फाइनलमा
प्रकाश पाण्डे । र्मसीर ३ गते । चौथो समपुर्ण कपमा आज दोस्रो सेमीफाइनलमा सिम्रिक र सुनवल एफसी भिड्दैछन । खेल दिउँसो ठिक ३ बजेबाट सुपौलीस्थित मैदानमा शुरु हुने छ । यसअघि बुधबार कपिलवस्तुलाई ट्राइब्रेकरमा हराउन झरनाले फाइनल प्रवेश गर्दा गोलकिपर टोपबहादुर रानाले नायकीय भुमिका निर्वाह गरे । तिलोत्तमा १४ स्थित समपुर्ण युवा क्लवको मैदानमा झरनालाई फाइनल पुर्याउन गोलकिपर टोपबहादुर रानाले कपिलवस्तुका २ खेलाडीले प्रहार गरेका पेनाल्टी सुटआउटलाई रोकिदिएका थिए भने अर्का एक खेलाडीले प्रहार गरेको पेनाल्टी सुटआउट पोष्ट माथीबाट बाहिरिएको थियो ।
कपिलवस्तुका लागी एक जना खेलाडीले मात्रै पेनाल्टीमा गोल गर्न सके भने झरनाका तिनै जना खेलाडीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो । यसअघि निर्धारित समयसम्म दुवैपक्षबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । झरनालाई फाइनल पुर्याउन महत्वपुर्ण योगदान गरेका गोलकिपर टोप बहादुर राना खेलमा म्यान अफ दी म्याच हुदै नगद रु ३ हजार सहित ट्रफीबाट सम्मानित भए । अब झरनाले बिहिबार हुने दोस्रो सेमीफाइनलको विजेता टोलीसँग शनिबार फाइनलमा प्रतिस्प्रर्धा गर्ने प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले जानकारी दिए ।
बिहिबार गत बर्षको साविक विजेता सिम्रिक युथ क्लव बुटवल र सुनवल एफसी बीच दोस्रो सेमीफाइनल खेल हुने अर्यालले बताए । स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट शुरु भएको चौथो समपुर्ण कप नकआउट फुटवल प्रतियोगिता मंसीर ६ गतेसम्म चल्ने छ । समपुर्ण युवा क्लव तिलोत्तमा १४ को आयोजनामा सुपौली स्थित क्लवको आफ्नै खेल मैदानमा जारी प्रतियोगितामा कुल १२ टोली सहभागी छन भने प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया तथा उपविजेताले नगद रु १ लाख ५१ हजार १ सय ५१ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिए ।
यसैगरि विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सयका दरले पुरस्कार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याच खेलाडीलाई नगद रु ३ हजार सहित ट्रफी प्रदान गर्ने गरिएको क्लवका कोषाध्यक्ष विजय थापाले जनाए । खेल हेर्न पहिलो चरणमा रु ५० टिकट तय गरिएको खेलमा क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका लागी रु १०० तय गरिएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले बताए । जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क रहेको प्रतियोगितामा प्रत्येक खेलाडीका लागी रु १ लाख बराबरको इन्सुरेन्स गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया