00:00:00
खेलकुद

समपुर्ण फुटवलमा चाँदनीलाई हराउदै सुनवल सेमीफाइनलमा प्रवेश 

सोमबार तेस्रो क्वाटरफाइनमा न्यु युथ युनियन पाल्पा र कपिलवस्तु ११ भिड्ने
आइतबार मङ्सिर १, २०८२/ Sunday 11-16-25

प्रकाश पाण्डे । कार्तिक ३० गते । चौथो समपुर्ण कपमा चाँदनी एफसीलाई शुन्यका विरुद्ध २ गोलले हराउदै सुनवल एफसी चौथो समपुर्ण कप नकआउट फुटवलको सेमीफाइनलमा प्रवेश गरेको छ । समपुर्ण युवा क्लव तिलोत्तमा १४ द्धारा आयोजित प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आइतबार चाँदनी फुटवल क्लव दानापुरलाई हराउने क्रममा सुनवल एफसीको तर्फबाट मध्यान्तर अघि खेलको १९ औँ मिनेटमा जर्सी न २३ का खेलाडी क्षितिज राज जिटीले पहिलो गोल गर्नुभयो । जिटीले डि एरिया बाहिरबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो । लगत्तै चाँदनी एफसीले पनि गोलका लागी अनेकौँ प्रयास गरे पनि असफल सावित भए । मध्यान्तर पछि पनि दुवै टिमले गोलका लागी अनेकन प्रयास गरेपनि सफल भने भएनन । खेल सकिन ९ मिनेट बाँकी छदाँ सुनवल एफसीका लागी जर्सी न ४ का खेलाडी कर्माले थप एक गोल गर्दै जित सुनिश्चित गर्नुभएको थियो ।

उत्कृष्ट खेलसँगै टिमका लागी १ गोल गरेका क्षितिज राज जिटी खेलमा म्यान अफ दी म्याचको पुरस्कारबाट पुरस्कृत हुनुभयो । प्रतियोगितामा सोमबार दिउँसो ठिक ३ बजे तेस्रो क्वाटरफाइनल खेलमा न्यु युथ युनियन पाल्पा र कपिलवस्तु ११ भिड्ने प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले जानकारी दिनुभयो । स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट समपुर्ण युवा क्लव तिलोत्तमा १४ को आयोजनामा जारी चौथो समपुर्ण कप नकआउट फुटवल प्रतियोगिता मंसीर ६ गतेसम्म चल्ने अर्यालको भनाई छ । सुपौली स्थित समपुर्ण क्लवको आफ्नै खेलमैदानमा भैरहेको प्रतियोगितामा कुल १२ टोली आमनेसामने छन । प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिनुभयो ।

यसैगरि विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सयका दरले पुरस्कार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याच खेलाडीलाई नगद रु ३ हजार सहित ट्रफी प्रदान गर्ने गरिएको क्लवका कोषाध्यक्ष विजय थापाले जानकारी दिनुभयो । खेल हेर्न पहिलो चरणमा रु ५० रुपैयाँ र क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका लागी रु १०० टिकट तय गरिएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले बताउनुभयो । जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क रहेको प्रतियोगितामा खेलाडीहरुलाई १ लाख बराबरको इन्सुरेन्स गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिनुभयो ।
 

तपाईको प्रतिक्रिया