00:00:00
खेलकुद

लर्ड बुद्ध ज्ञानज्योति इँग्लिश बो स्कूलको साताब्यापी खेलकुद

बुधबार कार्तिक २०, २०८२/ Wednesday 11-05-25

प्रकाश पाण्डे । कार्तिक १८ गते । लर्ड बुद्ध ज्ञानज्योति इँग्लिश बोर्डिङ्ग स्कूल तिलोत्तमा १४ टिकुलिगढ रुपन्देहीद्धारा आयोजित साताब्यापी खेल सप्ताहमा मँगलबार पनि विभिन्न खेलहरुको आयोजना गरिएको छ । खेल सप्ताहकोे लेस्रो दिन मँगलबार लङजम्प र ट्रिपलजम्पसँगै म्युजिकल चेयर, हण्डि फोड, बल पिकिँग, बेलुन ब्लाष्ट, बालबालिकाको दौड लगायत विभिन्न खेलहरुमा विद्धार्थीहरुले उत्साहजनक सहभागिता जनाएको खेल सँयोजक रोशन शर्माले जानकारी दिनुभयो ।

वहाँले विद्यार्थीहरुको क्षमता वृद्धि तथा प्रतिभा प्रस्फुटनका लागी आयोजित खेल सप्ताह बास्तव मै उत्कृट तथा अनुसासित ढँगले सन्चालन भैरहेको जानकारी दिनुभयो । खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्ने उद्देश्यसहित लर्ड बुद्ध ज्ञानज्योतिले अन्तर सदनात्मक तथा कक्षागत रूपमा सप्ताहब्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको प्रध्यानाध्यापक तुल बहादुर सरागँकोटी पवनले जानकारी दिनुभयो ।  

कार्तिक १६ गतेबाट शुरु भएको खेलकुदका कार्यक्रम अबको एक हप्तासम्म चल्नेछ । प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरिरहेका छन । विद्यालयको आफ्नै हाताभित्र आयोजित खेल सप्ताहमा कराँते, भलिबल, फुटवल, रिले दौड, सटपट, हाइजम्प, लङजम्प, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड लगायत विभिन्न रोमान्चक, ज्ञानबद्र्धक तथा बौद्धिक खेलहरुमा विद्यार्थीहरुले आफनो खुबी प्रर्दशन गरिरहेको विद्यालयका प्रबन्ध निर्देशक नारायण भण्डारीले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया