00:00:00
अर्थ/वाणिज्य

हौसला बचत तथा ऋण सहकारीको साधारण सभा तथा अधिवेशन

आइतबार कार्तिक ३, २०८२/ Sunday 10-19-25

तिलोत्तमा । कार्तिक २ गते । हौसला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा तथा अधिवेशनले रविलाल पाण्डेय अध्यक्ष रहनुभएको ९ सदस्सिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ ज्योतिनगरमा रहेको सहकारीको शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा राधाकुमारी गौतम, सचिवमा ईश्वरी न्यौपाने, कोषाध्यक्षमा सुनिल पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरि सदस्यहरुमा घनश्याम न्यौपाने, धनबहादुर थापा, नारायण खराल, सिता पाण्डेय र दिपिका न्यौपानेलाई चयन गरिएको छ ।

अधिवेशनले मणिराज गैरेको संयोजकत्वमा ईश्वरी भण्डारी र मना अर्याल सदस्य रहनुभएको ३ सदस्सिय लेखा समिति समेत सर्वसम्मत चयन गरेको छ । यसअघि ४ नम्बरस्थित रामजानकी मन्दिरको सभाहलमा १४ औं बार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले आर्थिक सबलीकरणलाई अंगाल्दै आत्मनिर्भर समाज निर्माणमा हौसला सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । वक्ताहरुले आर्थिक पारदर्शिता, जवाफदेहिता र सदस्यप्रतिको उत्तरदायित्वलाई सहकारीले मुलमन्त्रका रुपमा अंगालेर अघि बढेको बताएका थिए । मथुरा भण्डारीको अध्यक्षता एवं हिरादेवी आचार्य सभाप्रमुख रहनुभएको कार्यक्रममा कक्षा १२ को परिक्षामा उत्कृष्ट ल्याउने शेयर सदस्यका छोरा–छोरी, असल ऋणी सदस्य लगायतलाई सम्मान गरिएको थियो ।

सहकारीका सल्लाहकार यज्ञ गैरे, खेमप्रसाद गौतम, गोविन्द गौतम, डोलराज पाण्डे, पुर्व सल्लाहकार डा मुरारी प्रसाद पराजुली, शंम्भु प्रसाद पराजुली, पुर्व अध्यक्ष विष्णु प्रसाद पाण्डे लगायतको सहभागिता रहेको सहकारीमा ४ सय १ जना सेयर सदस्य रहेका छन । कुल पूँजी ६ करोड रहेको सहकारीमा बचत निक्षेप ५ करोड २७ लाख रहेको छ भने ऋण लगानी ५ करोड ७२ लाख रहेको ब्यवस्थापक तेज प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । संस्थाका उपाध्यक्ष लक्ष्मी गौतमको स्वागत, मधुसुदन ज्ञवालीले कोषाध्यक्षको प्रतिवेदन तथा लेखा संयोजक मणि गैरेले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको कार्यक्रमको संन्चालन सचिव इश्वरी न्यौपानेले गर्नुभएको थियो । 


 
 

तपाईको प्रतिक्रिया