तिलोत्तमा क्रिकेट लिगको उपाधि द रिभाइभलियन्सलाई
शुभम खनाल बने उत्कृष्ट ब्याट्म्यान, उत्कृष्ट बलर र प्लेयर अफ द टुर्नामेन्ट
प्रकाश पाण्डे । असोज ३१ गते । तिलोत्तमा क्रिकेट लिगको उपाधि द रिभाइभलियन्सले उचालेको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा तिलोत्तमा १७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट ग्राउन्ड तथा सिद्धार्थ रंगशाला भैरहवामा आयोजित तिलोत्तमा क्रिकेट लिग २०८२ को फाइनल उपाधि द रिभाइभलियन्सले प्राप्त गरेको हो । सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा बिहिबार भएको अन्तिम तथा फाइनल खेलमा द रिभाइभलियन्सले विश्व लायन टर्टल्स लाई ४ विकेटले स्तब्ध पार्यो । टस जितेर ब्याटिङ रोजेको विश्व लायन्स टट्ल्र्सले १२ ओवर १ बलमा आफ्ना सबै विकेट गुमाउदै ४५ रनको सामान्य योगफल खडा गरेको थियो ।
विश्व लायन टर्टल्सका लागि शुभम खनालले १७ तथा बिनय कार्कीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले संझन लायक प्रद्र्धशन गर्न सकेनन । विश्व लायनलाई सामान्य स्कोर मै रोक्ने क्रममा द रिभाइभलियन्सका लागि लेख बहादुरले ५, प्रिन्सपालले ३ तथा फैजन खानले महत्वपुर्ण २ विकेट हात पारे । ४६ रनको सामान्य योगफल पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको द रिभाइभलियन्सले ६ विकेट गुमाउदै बिजय हासिल गर्यो । द रिभाइभलियन्सको लागि सचिन जिसिले १९ तथा समिर ठकुरीले ११ रनको योगदान दिए । विश्व लायन टट्ल्र्सको लागि सुभम खनालले र नविन भन्डारीले तिन तिन विकेट लिए । प्रतियोगितामा द रिभाइभलियन्सका लेखबहादुर म्यान अफ दि म्याच घोषित भए ।
यसैगरि प्रतियोगितामा उत्कृष्ट ब्याट्म्यानको उपाधी शुभम खनालले प्राप्त गर्दा उत्कृष्ट बलर र प्लेयर अफ द टुर्नामेन्टको उपाधी समेत शुभम खनाल नै घोषित भए । प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट लागी नगद नगद रु १० हजार, उत्कृष्ट ब्याट्सम्यानका लागी रु ७ हजार ५०० र उत्कृष्ट बलरका लागी रु. ७ हजार ५०० ब्यवस्था गरिएकोमा शुभमले ३ वटै विधामा आफुलाई अब्बल सावित गर्दै रु २५ हजार प्राप्त गरेको तिलोत्तमा क्रिकेट विकाश समितिका उपाध्यक्ष कृष्ण भुषालले बताए । यसैगरि प्रतियोगिताको उपाधी बिजेता टिम द रिभाइभलियन्सले नगद रु १ लाख र उपबिजेत बनेको टिम विश्व लायन टर्टल्सले रु. ५० हजार रकम प्राप्त गरेको तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अर्जुन पराजुलीले जानकारी दिए । प्रतियोगिताका विजेता, उपविजेता तथा विधागत तर्फ उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरुलाई बिहिबार नै प्रमुख अतिथि तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा लगायतको रोहबरमा पुरस्कार प्रदान गरिएको थियो ।
तपाईको प्रतिक्रिया