मिलिजुली क्लब शंकरनगरमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन
अध्यक्षमा ईश्वर पाण्डेय निर्वाचित
तिलोत्तमा । असोज २६ गते ।
मिलिजुली क्लब शंकरनगरको २२ औं स्थापना दिवस, २० औं साधारणसभा तथा छैठौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले ईश्वर पाण्डेयको अध्यक्षतामा आगामी २ वर्षको लागि ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा सुनिल पाण्डेय, उपाध्यक्षमा बालाकृष्ण भण्डारी, महासचिवमा दीपक भट्टराई, कोषाध्यक्षमा राम प्रसाद भण्डारी र सचिवमा प्रविन गौतम चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा खिमलाल भण्डारी (गोपाल), विशाल पाण्डे, गंगा पाण्डेय, खिमा भुषाल पाण्डे, अनुराग गुरुङ चयन हुनुभएको छ । लेखा समिति संयोजकमा टिकाराम भण्डारी र सदस्यमा अच्युत भण्डारी तथा कमला कुमारी भण्डारी गौतम चयन हुनुभएको छ ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक खिमलाल पाण्डे, जनप्रतिनिधि विष्णु प्रसाद पाण्डेले बधाई तथा शुभकामना दिनुभयो । समाजसेवी होमनारायण न्यौपानेको प्रमुख आतिथ्यमा भएको अधिवेशन उद्घाटन सत्र कार्यक्रममा क्लबका पूर्व सचिव तामानाथ पाण्डेय, जनप्रतिनिधि विष्णु प्रसाद पाण्डेय, निर्वाचन समितिका सदस्यद्वय जीवन गौतम, इन्द्र प्रसाद भट्टराई (विष्णु) लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
तपाईको प्रतिक्रिया