00:00:00
स्थानिय

सोह्र छत्तिस सिंचाई प्रणाली रुपन्देहीको सातौँ अधिवेशन सम्पन्न

मंगलबार भदौ १७, २०८२/ Tuesday 09-02-25


बिन्दु भट्टराई,तिलोत्तमा १६ असोज ।
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेश सांसद लिला गिरिले कुला छेउछाउका जग्गा अतिक्रमण गर्न नदिन कडाईका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । तिलोत्तमा ८ ४ नम्बरमा सोमबार सम्पन्न सोह्र छत्तिस सिंचाई प्रणाली रुपन्देहीको साधारण सभा तथा सातौँ अधिवेसनका क्रममा बोल्दै प्रमुख अतिथि गिरीले कुलापानीमा धेरै नै परिवर्तन भएको तर सन्तोषजनक भने नभएको प्रती ध्यानाकर्षण गराउनुभएको छ ।

त्यस्तै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवि चौधरीले घरबाट निस्किने फोहर कुला खोलामा मिलाइदिने प्रवृतिको अन्त्य गर्न सिंचाइ प्रणाली र स्थानीयपालिकाले सहकार्य र समन्वय गरेर अगाडि बढ्नुपर्ने  आजको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा सिंचाई प्रणालीका अध्यक्ष यज्ञ गैरेले कुला अतिक्रमणमा किसान भन्दा गैरकिसानको संलग्नता रहेको स्पष्ट पार्नुभएको छ । गैरेले यहाँसम्म आइपुग्न अग्रजको भुमिकाको प्रशंसा गर्दै समिती बन्नु अगाडि राजनीतिक छलफलबाट व्यक्ती चयन गरिएपनी  समिती बनिसकेपछी राजनीतिको गन्ध चल्न नहुनेमा जोड दिनुभयो । अध्यक्ष गैरेले आफ्नो कार्यकालमा भएका काम , चुनौती र संभावनाका बिषयमा समेत प्रकाश पार्नुभएको थियो ।

सचिव हेमन्त पाण्डेको संचालन र उपसभापती तथा वर्तमान अध्यक्ष ध्रुवकुमार धितालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा  सिंचाइ बिकास डिभिजन रुपन्देहीका पुर्व प्रमुख टंक केसिले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसैविच कृष्ण नेपाल संयोजक, कृष्ण पौडेल र सुखदेव न्यौपाने सदस्य  रहेको निर्वाचन समितिले सभापती ध्रुव धितालको अध्यक्षतामा पदाधिकारी सर्वसम्मत चयन गराएको छ । जसमा उपाध्यक्ष रुक्मागत पाण्डे(रुकु)े,सचिवमा अर्जुनराज उपाध्याय र कोषाध्यक्षमा स्वयम बन्धु कार्कि चयन हुनुभएको छ । त्यस्तै लेखा संयोजकमा मिना भण्डारी, सदस्यमा सागर पाण्डे,गंगाराम पाण्डेय सर्वसम्मत चयन हुनुभएको छ । यसपश्चात बोल्दै नवनिर्वाचित सभापती  ध्रुवकुमार धितालले सबैको साथ र सहयोगले नै बनाएका योजना कार्यान्वयनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
 

तपाईको प्रतिक्रिया