00:00:00
स्थानिय

संयुक्त आमा समुहको टोलस्तरीय तीज गीत प्रतियोगिता

सोमबार भदौ ९, २०८२/ Monday 08-25-25

प्रकाश पाण्डे । भाद्र ९ गते । तिलोत्तमा ५ मणिग्रामस्थित सरस्वति पन्चायतन मन्दिरमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । संयुक्त आमा समुहको आयोजना तथा तिलोत्तमा वडा न ५ को सहयोगमा आयोजित प्रतियोगितामा कुल ८ वटा टोल विकाश समितिको सहभागिता रहेको थियो ।

प्रतियोगितामा एफएम टोल विकाश संस्था प्रथम भई नगद रु ५ हजार जित्न सफल भयो भने हरियाली टोल विकाश संस्था दोस्रो हुदै नगद रु ३ हजार ५ सय, सरस्वति टोल विकाश संस्थाले तृतीय भई नगद रु २५ सय जित्दा शिवालय टोल विकाश संस्थाले प्रोत्साहान स्थान हासिल गर्दै नगद रु २ हजार हात पार्न सफल भए ।

यसैगरि अन्य टोल विकाश संस्थाहरुलाई पनि सहभागिता बापत नगद रु १५ सय रुपैयाँ प्रदान गरिएको थियो । यसअघि प्रतियोगिताको उद्धभाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रेले तीजलाई केवल नाचगानमा सीमित नराखी यसलाई महिलाको हक, अधिकार र समानताका विषयसँग जोडेर प्रगतिशील शैलीमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

परम्परागत पर्वलाई आधुनिक चेतना र सामाजिक रुपान्तरणसँग जोडेर तीजले पारिवारिक एकता, सामाजिक सद्भाव र महिलाको आत्मबल अभिवृद्धि गर्ने भएकाले यसको महत्व अझ बढेको चर्चा गर्नुभयो ।

संयुक्त आमा समुहका अध्यक्ष कल्पना कुवँरको अध्यक्षता रहेको कार्यक्रममा वडाका जनप्रतिनिधि, राजनै्रतिक दलका प्रतिनिधि, विभिन्न क्लव तथा आमा समुहका पदाधिकारी, स्थानिय समाजसेवी लगायतको उल्लेख्य सहभागिता रहेको संस्थाका सदस्य तनुजा पाण्डेले जानकारी दिनुभयो । 


 

तपाईको प्रतिक्रिया